Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

किताब नउठाउने महासंघको चेतावनी

सोमबार, ०८ चैत्र २०७२

काठमाडौँ, ८ चैत्र । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसायीले जनक शिक्षा सामग्री केन्द्रबाट पाउनुपर्ने ढुवानी रकम नपाउँदासम्म किताब नउठाउने चेतावनी दिएका छन् ।

०७१/७२ मा जनक शिक्षाबाट किताब ल्याएबापत व्यवसायीले पाउनुपर्ने ढुवानी रकम अहिलेसम्म पाउन नसकेको भन्दै अध्यक्ष अर्यालले यस्तै अवस्था रहे किताब उठाउन नसकिने बताए । शनिबार सल्यानको श्रीनगरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सल्यान शाखाले आयोजना गरेको महासंघको राप्ती अञ्चलस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले व्यवसायीले पाउनुपर्ने ढुवानी रकम उपलब्ध गराउन बारम्बार आग्रह गरे पनि जनक शिक्षा मौन बसेको आरोप लगाए ।

जनक शिक्षाबाट व्यवसायीले पुस्तक ल्याउँदा काट्ने गरेको बिलमा ढुवानी रकमलाई समेत जोडेर काट्ने गरेको र ढुवानीबापतको रकम फिर्ता दिने सहमति भए पनि दुई वर्षको रकम नपाएको व्यवसायीको भनाइ छ ।

(राजधानी दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया