Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालय भवन उद्घाटनमा भारतीय राजदुत 

सोमबार, ०८ चैत्र २०७२

काठमाडौँ, ८ चैत । नेपालका लागि भारतीय राजदूत रणजीत रायले तनहुँको व्यास नगरपालिका–६ साँगे नेपालटारस्थित जनजुक्त शाही उच्च माविको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । 

सो अवसरमा भारतका राजदूत रायले नेपालको शिक्षा र स्वास्थ्यमा भारतको सहयोग निरन्तर रहिरहने दाबी गरे । ‘‘नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतको उल्लेखनीय लगानी छ हामी त्यसलाई निरन्तरता दिन्छौँ’’ उनले भने । 

नेपालका ५०० बढी शिक्षाका आयोजनामा भारतले सहयोग गरेको जानकारी दिँदै राजदूत रायले नेपालको सम्भावना रहेका पर्यटन, जलस्रोत, ऊर्जा, जडीबुटीलगायतका क्षेत्रमा उचित प्रवद्र्धन गर्नसके यहाँका युवालाई रोजगारीका लागि विदेशिन नपर्ने बताए ।  

सो अवसरमा स्थानीय विकास अधिकारी उदयबहादुर राना, व्यास नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद अधिकारी, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सूर्यनाथ वाग्ले, विद्यालयका सदस्य दीपेन्द्रराज शाही, शिक्षक अच्युतराज काफ्लेलगायतले उक्त भवन निर्माण भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग मिलेको बताए । 

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाका प्रमुख श्यामकिशोर सिंहले तीनतले १३ कोठाको उक्त भवन रु दुई करोड ३८ लाख नौ हजार ३९ को भारतीय सहयोगमा निर्माण भएको जानकारी दिए । 

रासस

 

प्रतिक्रिया