Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नारायणजन माविमा नयाँ ट्रष्ट भवन

सोमबार, ०८ चैत्र २०७२

काठमाडौँ, ८ चैत । किर्तीपुरको मच्छेगाउँस्थित भूकम्प प्रभावित नारायणजन माध्यमिक विद्यालयमा थाई नेपाल सङ्घले करिव रु १० लाखमा निर्माण गरिदिएको पक्की ट्रस्ट भवनको हस्तान्तरण गरिएको छ । 

सो सङ्घकी अध्यक्ष जयन्ती पाण्डेले भवन उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक केबी थापालाई हस्तान्तरण गरेका हुन् । ट्रस्ट निर्माणमा अन्य सहयोग र श्रमदान गर्नुभएका नेपाली रेस्लिङ खेलाडी हिमालयन टाइगर (भरतबहादुर विसुराल) लाई सङ्घका तर्फबाट उपाध्यक्ष कुमार कार्कीले सम्मान गरेका थिए ।

कार्यक्रममा विसुरालले भूकम्पबाट प्रभावित जनकल्याण मावि, किसीपिँढीको सुरक्षा पर्खाल निर्माणका लागि रु ३५ हजार र स्थानीय कालिका भैरव सांस्कृतिक समाजको बाजा मर्मतका लागि रु पाँच हजार प्रदान गरे । 

रासस 

 

प्रतिक्रिया