Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

आफैले पाठ्यपु्स्तक नबेच्ने नीजि विद्यालयको प्रतिवद्धता

आइतबार, ०७ चैत्र २०७२

पोखरा - नीजि विद्यालयले आफैले पाठ्यपु्स्तक नबेच्ने प्रतिवद्धता जनाएका छन् । चर्को शुल्क दिदैं विद्यालयबाटै पुस्तक बेचेको गुनासो बढिरहेको सन्दर्भमा कास्किका जिल्ला शिक्षा अधिकारीका सामु विद्यालय सञ्चालकले आफूहरुले पुस्तक नबेच्ने प्रतिबद्धता जनाएका हुन् । पाठ्यपुस्तक वितरण समन्वय तथा अनुगमन सिमितिको आईतबारको बैठकमा पुस्तक व्यवसायीहरुले मात्र पाठ्यपुस्तक विक्री वितरण गर्न पाउने निर्णय समेत भएको छ ।

बैठकले नीजि विद्यालयहरुमा पढाई हुने पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकहरुको सूचि चैत्र १५ गतेसम्म सबैले देखिने गरी टास्नु पर्ने समेत निर्णय गरेको छ । यसरी लागू हुने पुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत तथा सूचिकृत भएका मात्रै हुनु पर्ने कुरामा पनि उनीहरु सहमत भएकका छन् ।

यसैगरी पुस्तकमा छापिएको मूल्य छोपेर बढि रकममा विक्रि गर्ने तथा पाठ्य पुस्तक किन्दा  स्टेसनरी लगायतका सामग्री लैजानै पर्ने गरी बाध्य नपार्न पस्तक ब्यवसायी सहमत भएका छन् । आईतबाको बैठकमा ब्यवसायीले मूल्यमा कालो वा अन्य रङ पोती नबुझिने नबनाउने प्रतिबद्धता समेत जनाएका छन् । विगतमा केही पुस्तक पसलेहरुले पुस्तक विक्रीसंगै स्टेसनरीलगायतका अन्य सामग्री लैजानै पर्ने गरी बाध्य पार्ने गरेको भन्ने गुनासा आएपछि यस्तो निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

शर्माको अध्यक्षतामा बसेको समितिको बैठकमा पुस्तक व्यवसायी, अभिभावक सघका पदाधिकारी, शिक्षकका पेशागत संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि, संस्थागत विद्यालय सञ्चालकका प्रतिनिधि, विद्यार्थी नेताहरु लगायतका सरोकारवालाहरुको उपस्थिति थियो । बैठकले पाठ्यपुस्तक सम्बन्धि विभिन्न १२ निर्णय गरेको छ ।

जस अनुसार बैशाखको दोस्रो हप्ता सम्ममा पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पु¥याउने,  आफूखुसी पाठ्यपुस्तक परिवर्तन गर्ने काम रोक्नु पर्ने, सूचिकृत बाहेकका पुस्तक वितरण गर्न नपाईने, विद्यालयमा गठित शिक्षक अभिभावक संघले नै पाठ्यपुस्तक वितरण व्यवस्थापन, अनुगमनको काम गर्नु पर्ने,  पाठ्यपुस्तक वितरण व्यवस्थापन सम्बन्धमा समितिबाट प्रभावकारी अनुगमन गर्ने, पुस्तक खरिदकर्ताले विगतदेखि मूल्यमा पाउँदै आएको छुट सहुलियतलाई दिन मिल्नेसम्म थप छुट उपलब्ध गराउने निर्णय समेत भएको शर्माले बताए ।

प्रकाशित मिति २०७२ चैत ७ गते

प्रतिक्रिया