Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

भारतीय शिक्षाको प्रचारमा क्रान्तिकारीको आक्रमण

आइतबार, ०७ चैत्र २०७२

काठमाडौ - नेपाली विद्यार्थीलाई आर्कषित गर्न भन्दै भारतीय कम्पनिद्धारा आयोजित शैक्षिक मेलालाई विप्लब निकट अखिल क्रान्तिकारीले विथोलिदिएको छ । लाजिम्पाटमा रहेको पाँच तारे होटेल ¥याडिसनमा आयोजना गरिएको मेलामै गएर उनीहरुले आक्रमण गरेका हुन् ।

प्रोमिनेन्ट सर्भिस प्रालिले १२ औं ईण्डिया एण्ड ईन्टरन्यासनल प्रिमियर स्कुल एक्जिविसन नाम दिईएको मेला आयोजना गरेको थियो । 'विद्यार्थीलाई फकाएर भारत लैजाने गिरोहले मेला गरेको थाह पाएर हामीले हस्तक्षेप गरेका हौं' संगठनका अध्यक्ष पूर्ण बहादुर सिंहले भने, 'शिक्षा क्षेत्रका माध्यामबाट विद्यार्थी र पूँजि पलायन गर्न हुने जुन सुकै कृयाकलाप रोक्न हामी कृयाशिल छौं ।' 

यस्ता कृयाकलापमा संलग्न जो कोही भए पनि नछाड्ने सिंहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय सम्बन्धनमा सञ्चालित सिविएसई बोर्डका विद्यालय बन्द गर्न संगठनले माग समेत गरेको छ ।
कक्षा १० भन्दा तल अध्ययन गर्ने बालबालिकाहरुलाई समेत मेलामा भर्ना गरेर भारत लैजान लागिएको क्रान्तिकारीको दावी छ ।

आक्रमणबाट कम्प्युटर लगायत अन्य शैक्षिक सामाग्रीमा क्षती पुगेको छ । 

प्रकाशित मिति २०७२ चैत ७ गते

प्रतिक्रिया