Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षक हुन के के चाहिन्छ ? पढ्नुहोस् मन्त्रालयद्धारा जारी आठ मापदण्ड

आइतबार, ०७ चैत्र २०७२

काठमाडौ / शिक्षकलाई प्रतिष्पर्धि एवं समय सापेक्ष रुपमा दक्ष बनाउन भन्दै शिक्षा मन्त्रालयले विभिन्न आठ वटा शिक्षक सक्षमताको मापदण्ड पारित गरेको छ । गत बुधबार शिक्षा मन्त्रालयमा बसेको शैक्षिक जनशक्ति विकास परिषद्ले ‘शिक्षक सक्षमताको प्रारुप’ पारित गरेको हो । यसअघि शिक्षकको पेशागत दक्षताको स्पष्ट मापदण्ड बनेको थिएन । शिक्षकहरुको तालिमको ढाँचामा समेत परिवर्तन गर्दै मापदण्ड तयार पारिएको हो ।

मापदण्डको विस्तृत रुप पढ्नुहोस्  :

सक्षमता शिक्षकको लागि सामान्य ढाँचा (Common core outline) हो, जसले शिक्षण कार्य प्रभावकारी बनाउन आधार तय गर्दछ । एकातर्फ यसले प्रभावकारी शिक्षण सिकाई सञ्चालन गर्न सहयोग पुर्याउछ भने अर्कोतफ शिक्षकलाई शिक्षण प्रति अपनत्वको बोध समेत गराउँछ । यसले विषयवस्तुको सिकाइ र प्राप्त ज्ञान र सिपको प्रयोगमा बढी महत्त्व दिन्छ ।

विभिन्न चरणमा भएका केन्द्रीय कार्यशाला, जिल्ला तहका कार्यशाला, लक्षित समूह छलफल, विज्ञहरूसँगको अन्तरक्रिया र छलफल, अनौपचारिक छलफल आदि समेतबाट प्राप्त सूचनाका आधारमा पहिचान गरिएका शिक्षकका सक्षमताहरूलाई एकीकृत गरी यो खण्डमा प्रस्तुत गरिएको छ । सक्षमताको विस्तृत क्षेत्र (Broad Competencies area) त्यस अन्तरगत सक्षमताका क्षेत्रहरू (Core Competencies) उल्लेख गरी शिक्षकका हरेक सक्षमताका क्षेत्रलार्ई ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies), सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies) र अभिवृद्धि/प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies) गरी तीन किसिमबाट तपसिल बमोजिम प्रस्तुत गरिएको छ ।

सक्षमता १.

विषयवस्तुको दृष्टिकोणले शिक्षक आधुनिक सिकारूको मागलाई सम्बोधन गर्न सक्ने प्राज्ञिक ज्ञान तथा पाठ्यक्रम सम्बन्धी ज्ञानले भरिपुर्ण भएको  हुन्छ ।

सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas) : विषयवस्तुको ज्ञान (Content Knowledge)

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas) : विषयवस्तु (Subject Matter) पाठ्यक्रम

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):

शिक्षकमा यी विषयको ज्ञान हासिल भएको हुन्छ ।

- विषयवस्तुमा निपूर्णता

- विषयवस्तुसँग सम्बन्धित सिर्जित नयाँ ज्ञानसँग अध्यावधिक

- शिक्षण विषयवस्तुका नवीनतम क्षेत्रहरू, प्रतिपादित सिद्धान्तहरू

- पढाइ लेखाइ र गणितको अन्तरसम्बन्ध

- राष्ट्रिय पाठ्यक्रम प्रारूप र पाठ्यव्रmम निर्माण प्रव्रिmया

- पाठ्यक्रममा निर्धारित विषयवस्तुको क्षेत्र र क्रमसँग परिचित

- पाठ्यक्रममा समाविष्ट सिकाइ उपलब्धिको ज्ञान

सिप एवम् क्षमतामा आधारित सक्षमता  (Skill and Performance Based Competencies):

शिक्षकमा तपसिल बमोजिमको (एडुखबर) सिप तथा दक्षता हुन्छ ।

- विषय वस्तुलाई सरल ढङ्गबाट प्रस्तुती एवम् प्रवाह गर्न सक्ने

- आधुनिक ज्ञानलाई स्थानीय परिवेश अनुरूप विश्लेषण गरी व्यवहारिक जीवनसँग सम्बन्धित उदाहरणहरूलाई शिक्षणमा प्रयोग गर्न सक्ने

- विद्यार्थीको पूर्वज्ञानको विश्लेषण गरी नयाँ विषयवस्तु सिकाइको लागि तयारी गर्ने सिप

- सिकारूलाई विषयवस्तुले पुर्ण बनाउन पुरक सामग्रीको प्रयोग एवम् प्रविधिको उपयोग गर्न सक्ने क्षमता

- विद्यार्थीको रूची तथा क्षमता र अवस्था अनुरूप विषय वस्तुको छनैट

- पाठ्यक्रम एवम् पाठ्यपुस्तकमा भएका विषय वस्तुलाई समय सान्दर्भिक ढंगबाट  प्रस्तुत गर्ने सिप

- विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न अवलम्वन गर्ने शिक्षण रणनीतिको प्रयोग

- शिक्षणका स्रोतहरू, पाठ्यव्रmम, पाठ्यसामग्री लगायतको मूल्याङ्कन गर्ने र तीनको पूर्णता, शुद्धता र उपयोगिताको ज्ञान

- पाठ्यक्रम, पाठ्यसामग्रीको शुद्धता, वैद्यता, विश्वसनीयता, एवम् उपयोगिताको विश्लेषण गर्ने क्षमता

- विषयवस्तुमा पूर्णता ल्याउन पुरक सामग्रीको प्रयोग, प्रविधिको उपयोग गर्न सक्ने क्षमता

अभिवृद्धि / प्रवृति आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा निम्न प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- नयाँ विषय वस्तुको खोजी तर्फ उन्मुख

- विद्यार्थीको सिकाइ उपलब्धि प्रति सम्वेदनशील र सचेत ।

- उच्च सिकाइ उपलब्धि हासिल गराउन सदैव प्रयत्नशील

- वास्तविक संसारमा प्रयोग गर्न सक्ने गरी ज्ञानको सिर्जना गर्न उत्साहित

- प्रत्येक सिकारू नयाँ विषय सिक्न सक्छ र त्यसमा सफलता प्राप्त हुने कुरामा विश्वस्त एवम् त्यसतर्फ सचेत

-  सिकारूको समालोचालात्मक सोचाइलाई प्रोत्साहित गर्ने तथा विषयवस्तुको सिकाइमा बहु दृष्टिकोण (Multiple Perspectives)  लाई प्रोत्साहन गर्न प्रयत्नशील

सक्षमता २.

शिक्षक विविधतायुक्त समाजका सिकारूहरूको सिकाइ आवश्यकतालाई विश्लेषण गरी उनीहरूको चाहना  एवम् आवश्यकता अनुरूप विविधतालाई सम्मान एवम् सम्बोधन गर्दै शिक्षण गर्न सक्षम हुन्छ ।
सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas) सिकारूको सामाजिक सांस्कृतिक  विविधता

सक्षमताका मुख्य क्षेत्रहरू Core Competency Areas) सिकारूको लिङ्ग भाषा धर्म सस्कृतिगत विविधता, समावेशिता, अपाङ्गता, सामाजिक बनोट/अवस्था/परिवेश, मुल्य र मान्यता

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies)

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- बालबालिकाहरूको सामाजिक विविधताको ज्ञान

- वैयक्तिक अनुभव, क्षमता, पूर्व ज्ञान, सहपाठी–सामाजिक समूहको अन्तरव्रिmया, भाषा, संस्कृति, रितिरिवाजले सिकाइमा पार्ने प्रभावको ज्ञान

- विद्यालय अवस्थित समुदायको सांस्कृतिक भाषिक, सामाजिक मुल्य मान्यता, सामाजिक संरचनाको ज्ञान

- विविधता युक्त समाजमा रहेका सिकारूको सिकाइ आवश्यकता सम्बन्धी ज्ञान

-  विविध लिङ्ग, बर्ग, धर्म, संस्कृति र अपाङ्गता भएका बालबालिकाहरूको सिकाइमा हुने विविधता सम्बन्धी ज्ञान

- समावेशी शिक्षाको आवश्यकता र महत्त्व सम्बन्धी ज्ञान

- पुरातात्विक महत्त्वका क्षेत्र, रितिरिवाज तथा परम्परालाई सिकाइमा उपयोग गर्ने ज्ञान

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- बहुभाषिक कक्षाहरूमा शिक्षण गर्न (एडुखबर)आवश्यक सिप

- समावेशी कक्षाकोठा व्यवस्थापन सिप

- सिकारूको सामाजिक सांस्कृतिक परिवेश एवम् सिकाइ गति, आवश्यकता र चाहना अनुसारको शिक्षण सिप

- सिकारूको पूर्वज्ञानमा आधारित शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन सिप

- सामाजिक सांस्कृतिक परिवेस अनुरूप सिकारूको विविध सिकाइ आवश्यकता सम्बोधन गर्न आवश्यक निर्देशन दिने क्षमता

- विविध संस्कृतियुक्त समाजसँग सम्बन्धित सूचनामा पहँुच पुर्याई विविधता युक्त सिकारूको चाहनालाई सम्बोधन गर्ने क्षमता

- बहुभाषी सिकाइ प्रक्रिया एवम् दोस्रो भाषाको प्राप्ति (Acquisition of Second Language)  रणनीति

अभिवृद्धि/ प्रवृति आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा यस प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- सामाजिक विविधता प्रति संवेदनशील भई सम्मान गर्ने

- विविध भाषा धर्म, संस्कृतिको जगेर्ना गर्ने तर्फ सदैव सचेत एवम् उत्सुक

- सिकाइको विकासको निम्ति सिकारूको परिवारको, सहपाठी र अन्य सहयोगीहरूको योगदान प्रति सम्मान गर्ने

- शिक्षण गर्दा सिकारूको वैयक्तिक, पारिवारिक एवम् सामुदायिक अनुभव तथा सांस्कृतिक मान्यताहरूलाई सम्मान गर्ने

- प्रत्येक बालबालिकामा नयाँ एवम् उच्च ज्ञान हासिल गर्ने क्षमता हुने कुरामा विश्वस्त

सक्षमता ३.

शिक्षकमा बाल मनोविज्ञानमा आधारित भइ  योजनाबद्ध ढंगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हासिल गरी शिक्षण गर्ने क्षमता हुन्छ ।

सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas): शिक्षण सिकाइ प्रक्रिया

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas) बाल मनोविज्ञान, शैक्षणिक योजना, शिक्षण विधि, शैक्षिक सामग्री, विद्यार्थी मूल्याङ्कन

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):
शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- बाल मनोविज्ञान तथा विकासात्मक अवस्थाको ज्ञान

- सिकारूमा हुने ज्ञान निर्माण (Knowledge Construction) र  सिकाइ प्रक्रियाको जानकारी

- सिकारू कसरी सिक्छ, के सिक्छ, नयाँ विषय सिक्न सक्षम छ वा छैन, सिकाइलाई अगाडि वढाउन आवश्यक पर्ने सहयोगको लागि विद्यार्थी मूल्याङकन गर्न मूल्याङ्कनका साधनहरूको निर्माण र प्रयोग सम्बन्धी ज्ञान

- विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न अवलम्वन गर्ने शिक्षण रणनीति

- शैक्षणिक योजना, एकाइ योजना, दैनिक पाठ (एडुखबर) योजना निर्माण र प्रयोग सम्बन्धी ज्ञान

- शिक्षण गर्नुपर्ने विषय सम्बन्धी ज्ञान

- पाठ्यक्रम तथा पाठ्यवस्तुमा आधारित शैक्षिक सामग्रीको छनौट, निर्माण र प्रयोग

- सिकारूको उमेर र विकासात्मक अवस्था अनुसार कक्षाकोठामा प्रयोग हुने सिकारू कन्द्रीत शिक्षण विधिको ज्ञान

- मूल्याड्कनका विभिन्न साधनहरूको नर्माण  र प्रयोग सम्बन्धी ज्ञान

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ व्रिmयाकलापको छनौट र उपयोग

- पाठ्यक्रमको सिकाइ उपलब्धि चयन, स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको चयन तथा सिकाइ उपलब्धिमा आधारित विषयवस्तुको शिक्षण

- पाठ्यवस्तुमा आधारित भई विभिन्न शिक्षण विधिहरू (व्याख्यान, परियोजना कार्य, छलफल, घटना अध्ययन, खेल, समूह कार्य..) को छनोट तथा सो अनुसारको कक्षा व्रिmयाकलाप सञ्चालन

- विद्यालयमा आवश्यक हुने वार्षिक, शैक्षणिक योजना, शिक्षणमा आवश्यक हुने एकाइ योजना तथा दैनिक पाठयोजना निर्माण र प्रयोग

- शिक्षण विधि तथा पाठ्यवस्तुमा आधारित शैक्षिक सामग्रीको छनौट, स्थानीय शैक्षिक सामग्री विकास तथा शिक्षणमा उपयोग

- विभिन्न प्रकारका (निर्माणात्मक, निर्णयात्मक) मूल्याड्कनका लागि आवश्यक साधनहरू विकास र उपयोग

-  मापन/मूल्याङ्कनका विधिहरू, तिनका वैद्यता, विश्वसनीयता सहित अङ्क प्रदान गर्ने तरिका एवम् विधिहरू

- मूल्याड्कन नतिजाको विश्लेषण र शैक्षणिक उपयोग

- निरन्तर विद्यार्र्थी मूल्याङ्कन सिप, विद्यार्थी उपलब्धिको अभिलेख राख्न सक्ने कार्य सञ्चयिका व्यवस्थापन गर्ने क्षमता  

- उपचारात्मक शिक्षण योजना विकास र कार्यान्वयन

अभिवृद्धि/प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा निम्न प्रकारको अभिवृद्धि/ प्रवृति विकास भएको हुन्छ ।

-  हरेक विषयलाई फरक ढंगबाट सोच्ने, तर्क गर्ने र बुझ्न चाहने

-  सिर्जनात्मक र आलोचनात्मक  सोचाइ ९ऋचष्तष्अब ित्जष्लपष्लन० को प्रबद्र्धन गर्ने, समस्या समाधान गर्नेतर्फ उत्सुक

- प्रत्येक बालबालिकामा नयाँ ज्ञान हासिल गर्ने क्षमता हुने कुरामा विश्वस्त

-  विद्यार्थीका सिकाइ उपलब्धिहरू सिकाइका अवसर वृद्धि गर्ने आधारहरू हुन् भन्ने विश्वास

- विद्यार्थी कार्यक्षमताको लागि सक्षम अवलोकनकर्ता हुने र सधैं सचनात्मक पृष्ठपोषण प्रदान गर्ने 

-  सिकारूको सिकाइ क्षमता अनुसार विषयवस्तुको ग्रहण गर्ने क्षमता फरक, फरक हुने हुनाले प्रभावकारी शिक्षणको लागि विविध विधिहरूको प्रयोग गर्नेतर्फ प्रयासरत

सक्षमता ४.

प्रत्येक शिक्षकमा पाठ्यव्रmमले प्रदानगरेको समयको व्यवस्थापन गर्दै आधुनिक प्रविधिको समेत प्रयोग गरी सिकारूका चाहना अनुृरूप को सिकाइ वातावरण विकास गर्न तथा प्रभावकारी कक्षाकोठाको  व्यवस्थापन गर्ने क्षमता हुन्छ ।

सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas):  शिक्षण व्यवस्थापन

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas) कक्षाकोठा व्यवस्थापन, सिकाइ वातावरण, समय व्यवस्थापन, विविधता सम्बोधन, शैक्षिक सामग्रीको व्यवस्थापन, प्रविधिको उपयोग, पुस्तकालयको उपयोग

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- सिकारूको ज्ञानको तह, भाषा, सामाजिक अवस्था, संवेगात्मक अवस्था र शारीरिक विकासले सिकाइमा पार्ने प्रभाव सहित सिकारूको सिकाइ तत्परता र क्षमताको ज्ञान

- शिक्षामा सुचना तथा सञ्चार प्रविधिको ज्ञान

- सूचना र प्रविधिले सिर्जित गरेका नयाँ विषयवस्तु सहित कक्षाकोठा भित्र सञ्चालन हुने क्रियाकलाप मा प्रविधिको प्रयोग गर्ने ज्ञान

- सिकाइ वातावरणले सिकाइमा पार्ने प्रभाव

- सकरात्मक सम्बन्ध स्थापित गर्न सहयोग पुर्याइ उद्देश्यमूलक (एडुखबर) सिकाइ क्रियाकलाप  सञ्चालन गर्न, बालकेन्द्रीत शिक्षणको लागि उपयुक्त कक्षा कोठा व्यवस्थापनको सिद्धान्त तथा रणनीतिहरू

- बालमैत्री विद्यालयको आवश्यकता/महत्त्वको ज्ञान सहित बालमैत्री विद्यालयको विकास रणनीति, बालमैत्री कक्षाको व्यवस्थापन, र बालमैत्री शिक्षण विधि सम्बन्धी ज्ञान

-  शैक्षणिक योजना निर्माण प्रकियामा शिक्षाको राष्ट्रिय उद्देश्य,पाठ्यक्रमका क्षेत्रहरू, उद्देश्यहरू तथा योजना कार्यान्वयनमा योजना प्रविधिको उपयोग सम्बन्धी ज्ञान

-  सिकाइ विकासका विभिन्न चरणहरूमा पढाइ, लेखाइ र अंक गणितीय ज्ञान प्राप्तिका सिद्धान्तहरू

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- विद्यालयमा नियमित रूपमा उपस्थित

- तोकिएको शैक्षणिक समयको पूरा पालना गरी कक्षा शिक्षण

-  भिन्न भिन्न सक्षमता, दक्षता भएका भिन्न भाषाभाषी, संस्कृति, धर्म, सिकाइ गति भएका बालबालिकाको आवश्यकता अनुसारको शिक्षण सिकाइ व्रिmयाकलापको चयन र कक्षा सञ्चालन

- सिकारूमैत्री कक्षाकोठा व्यवस्थापन तथा कक्षा कोठाभित्रको मनोसामाजिक पक्षको व्यवस्थापन कला प्रदर्शन

- कठिन अवस्थाका तथा विशेष सम्बोधन गर्नुपर्ने खालका सिकारूहरूको निम्ति वैयक्तिक सम्बोधन योजना (Individual intervention plan) को निर्माण र प्रयोग

- विषयवस्तुको प्रकृति अनुसारको शैक्षिक सामग्री चयन, विकास, उपयोग र सुरक्षण

- स्थानीय स्रोतमा आधारित शैक्षिक सामग्री छनौट, विकास तथा उपयोग

- पुस्तकालय व्यवस्थापन र शिक्षण सिकाइ क्रियाकलाप का रूपमा पुस्तकालयको उपयोग

- नविनतम प्रविधि र सूचनाको प्रयोगसँगै नयाँ विकास भएका प्रविधिजन्य साधनहरूको कक्षाकोठामा प्रयोग गर्ने क्षमता

- समावेशी, बालमैत्री, अधिकारमा आधारित शिक्षण

अभिवृद्धि/प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा यस प्रकारको अभिवृद्धि/ प्रवृति विकास भएको हुन्छ ।

- बालबालिकाहरू आपसी सहयोग र अन्तरव्रिmया एवम् उपयुक्त शैक्षिक वातावरणमा सिकाइका धेरै उपलब्धि हासिल गर्न सक्छन्् भन्ने मान्यता

- रचनात्मक कक्षा कोठा निर्माण र व्यवस्थापन, बालमैत्री शिक्षण विधिको प्रयोग गर्न जिम्मेवारी ग्रहण गर्ने

- सहभागितात्मक पद्दति, सहयोग र साझेदारी निर्णय प्रक्रियाबाट नै सिकारूमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नसकिने धारणाप्रति विश्वस्त

- शिक्षणका अधिकांश क्षेत्रमा विभिन्न प्रकारका सूचना र प्रविधिजन्य साधनहरूको प्रयोग गर्न सकिने प्रति विश्वस्त

सक्षमता ५.

प्रत्येक शिक्षक सिकारूको  सिकाइ क्षमता पहिचान गरी देखिएका समस्याहरूको मनोवैज्ञानिक ढंगबाट अध्ययन गर्न सो अनुरूप कक्षाकोठामा व्यवहार गर्न  विद्यार्थी एवम् अभिभावकलाई आवश्यक सल्लाह तथा सुझाव दिने क्षमता राख्दछ ।

सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas):  शैक्षणिक परामर्श र सहयोग

सक्षमताका मुख्य क्षेत्रहरू(Core Competency Areas) सिकाइ समस्या र क्षमता पहिचान, सिकारूको मनोवैज्ञानिक अवस्था अध्ययन र व्यवहार व्यवस्थापन, विद्यार्थी/अभिभावक परामर्श र सिफारिस, विषय छनौट तथा सिकाइ निरन्तरता (Counseling for the further learning), Mindfulness of psychological stage) सिकारूको उपलब्धि प्रति उच्च आकांक्षा

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- शैक्षणिक परामर्श, सहयोग, पृष्ठपोषणसँग सम्बन्धित विषयको सैद्धान्तिक ज्ञान 

- सिकारूको शिक्षण सिकाइको अवस्था, शैक्षिक उपलब्धि र सहयोगका लागि अभिभावक परामर्श सम्बन्धी ज्ञान

- सिकाइका शैली, सिकारूको सिकाइ क्षमता(Multiple intelligence) सम्बन्धी ज्ञान

- सिकारूको व्यवहार अवलोकन/अध्ययन गरी त्यस्ता व्यवहारबाट सिकाइमा पर्ने प्रभाव सम्बन्धी ज्ञान

- विद्यार्थी परामर्शः सिकारूको रूचि र क्षमता अनुरूप विषय क्षेत्र चयन, भावी अध्ययनको क्षेत्र चयन आदिमा आवश्यक परामर्श सम्बन्धी ज्ञान

-  सिकारूका विकासात्मक अवस्था र त्यसबाट सिकाइमा पर्ने प्रभाव सम्बन्धी ज्ञान

- सिकारूको ज्ञानको स्रोत, सिकाइको (एडुखबर) तरिका पहिचान गरी सिकाइ अभिवृद्धि गर्न विभिन्न शैलीहरू अवलम्बन गर्ने क्षमता 

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- विद्यार्थीको मनोविज्ञान बुझि सिकाइ समस्या पहिचान

- विद्यार्थीमा रहेका व्यवहारिक समस्याको पहिचान र समाधान

- सिकारूको शिक्षण सिकाइ, शैक्षिक उपलब्धिमा अभिभावक सहयोगका पक्षमा अभिभावक परामर्श सञ्चालन

- सिकाइसमस्याका बारेमा सिकारूलाई आवश्यक पृष्ठपोषण तथा सहयोग

- Further study को क्षेत्र चयन र अवलम्बनमा  आवश्यक विद्यार्थी परामर्श

- समुदायका अविभावकहरूसँग सुमधुर सम्बन्ध स्थापित गरी देखापरेका समस्याको समाधान

अभिवृद्धि/ प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा यस प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- अभिभावकहरूसँगको परामर्शमा/अन्तरक्रियामा स्थानिय भाषको प्रयोगमा प्राथमिकता

- सिकारूको वैयक्तिक विभिन्नताका कारण सिकाइ क्षमतामा पार्ने प्रभावप्रति सचेत रही मनोवैज्ञानिक विश्लेषणको आधारमा सिकाई अभिवृद्धि गर्न प्रयत्नशील

- प्रत्येक सिकारू उच्च ज्ञान हासिल गर्न सक्षम हुन्छन् भन्ने विषयमा विश्वस्त

सक्षमता ६.

शिक्षक सदैव पेसागत विकासको लागि प्रतिबद्ध, अनुसन्धानात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न तथा सिर्जनात्मक एवम् एक अर्कामा पेसागत सहयोग आदानप्रदान गर्न सक्षम हुन्छ ।
सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas): निरन्तर सिकाइ र पेसागत विकास

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas) अनुसन्धान मुलक शिक्षण सिकाइ, कार्यमूलक अनुसन्धान, पेसागत सहयोग (Professional sharing, mentoring) सिकाइको प्रवोधिकरण, प्रवर्तनात्मक अभ्यास तथा सिर्जनशील कार्य

ज्ञानमा आधारित सक्षमता(Knowledge Based Competencies):

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- निरन्तर सिकाइका सन्दर्भमा विभिन्न स्रोतबाट सूचनाको सङ्कलन, विश्लेषण, अभिलेखिकरण र स्वः प्रतिविम्बन सम्बन्धी ज्ञान

- विभिन्न निकायबाट भए गरेका शैक्षिक अनुसन्धानको अध्ययन र शिक्षणमा तिनको उपयोगिता सम्बन्धी ज्ञान

- कार्यमूलक अनुसन्धान, कक्षाकोठामा आधारित अनुसन्धान आदि विषयको ज्ञान तथा शिक्षण सुधारको निमित्त उपयोग सम्बन्धि ज्ञान

- अनुसन्धानका प्रकार र विधिका बारेमा जानकारी

- अनुसन्धान साधन, सूचना सङ्कलनका तरिका, प्रतिवेदन तयारी जस्ता विषयमा जानकारी

- निरन्तर पेसागत विकास, प्रवर्तनात्मक अभ्यास तथा सिर्जनशील कार्यका तरिका, विधि तथा अभ्यासका बारेमा जानकारी

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।
- अनुसन्धानमा आधारित शैक्षिक क्रियाकलाप  सञ्चालन गरी (एडुखबर) अनुसन्धानलाई शैक्षणिक कार्यका अभिन्न अङ्गका रूपमा स्थापित गर्ने व्यवहार प्रदर्शन गर्ने क्षमता

- अनुसन्धान सम्बन्धी प्रस्ताव तयारी

- अनुसन्धान विधि छनेट

- अनुसन्धानका साधनहरूको विकास र प्रयोग

- अनुसन्धानका लागि आवश्यक सूचना सङ्कलन, विश्लेषण

- अनुसन्धान प्रतिवेदन तयारी

- अनुसन्धानको सुझावका कार्यमूलयक अनुसन्धानका निष्कर्ष तथा प्राप्तिका आधारमा सुधारात्मक शैक्षणिक क्रियाकलाप सञ्चालन गर्नसक्ने क्षमता

- पेसागत विकासका लागि विद्यालयमा आधारित पेसागत सहयोग, छलफल, तथा अन्तरक्रिया कार्यव्रmम सञ्चालन

- प्रवर्तनात्मक तथा सिर्जनशील अभ्यास मार्फत शिक्षण सिकाइ क्रियाकलाप मा सुधार

- सिकारू र स्थानीय समुदायको माग एवम् चाहनालाई सम्बोधन गर्न सकिने गरी पेसागत अभ्यासलाई नियमित परीमार्जन /अद्यावधिक

अभिवृद्धि/प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा यस प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- पेसागत विकासका लागि स्वयम् निरन्तर रूपमा लाग्नुपर्ने तर्फ सचेत

- विद्यालयमा सञ्चालन गर्न सकिने लघु अनुसन्धान र त्यसका निष्कर्षलाई व्यवहारमा उपयोग गर्ने तर्फ प्रयत्नशील

- पेसागत प्रतिबिम्ब, मूल्याङ्कन र सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो

- सहपाठीसँगको साझेदारी र पेसागत अनुभवहरूलाई एक अर्काको आदान प्रदान गर्ने अभ्यास

सक्षमता ७.

प्रत्येक शिक्षक प्रचलित ऐन, नियमको परिधिमा रहेर तोकिएको जिम्मेवारी तथा उत्तरदायित्व वहन गर्न, निष्पक्ष एवम् तटस्थ ढङ्गबाट शैक्षिक व्यवहार गर्न सक्षम हुन्छ ।
सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas):  शैक्षिक परिवेश र कार्य व्यवहारलाई निर्देशित गर्ने विषय (Educational Context)

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas) ऐन, नियम, आचार संहिता, जिम्मेवारी र उत्तरदायित्व, पेसागत निष्ठा तथा सम्मान, व्यक्तिगत आचरण तथा व्यवहार, निश्पक्षता र तटस्थता, स्वः प्रत्याभूति/ आत्मानुभूति (Self reflection/empathy)

ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- शिक्षा ऐन, नियमावली, निर्देशिकाहरू, प्रचलित शैक्षिक योजना तथा कार्यव्रmम आदिका बारेमा जानकारी

- आफ्ना कार्य तथा व्यवहारको जिम्मेवारी लिनुपर्ने विषयमा स्पष्ट जानकारी

- विश्वव्यापी ग्रहण गरिएका शिक्षा सम्बन्धी मान्यता (मानव अधिकार, बाल अधिकार, मौलिक हकको रूपमा शिक्षा, सबैका लागि शिक्षा, शान्ति शिक्षा, विभेदरहित शिक्षा....) को ज्ञान

- सबै बालबालिकाप्रतिको निष्पक्ष व्यवहार शिक्षकले पालना गर्नु पर्ने आचार संहिताबारेमा जानकारी

- शिक्षकबाट अपेक्षा गरिने आचरण तथा व्यवहार सम्बन्धी ज्ञान (एडुखबर) (पोसाक, भाषा, विद्यार्थी/सहकर्मी प्रतिको व्यवहार, संस्कृति प्रतिको सम्मान, चालचलन.......)

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा तपसिल बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- शिक्षा ऐन, नियमावली तथा शिक्षा मन्त्रालय र मातहतका निकायबाट जारी भएका शिक्षक, विद्यालय आदिको आचरण अनुसार कार्यव्यवहार

- पेसागत विकासको निम्ति कार्ययोजना, सहभागिता, पुस्तकालय अध्ययन, अनुसन्धानमा सव्रिmयता, सूचना सञ्चार तथा प्रविधिको प्रयोग मार्फत नविनतम ज्ञान तथा प्रविधिबारे जानकारी प्राप्त गर्ने, स्वअद्यावधिक क्षमता

- शैक्षिक सुधारका लागि अतिरिक्त समय प्रदान गरी निरन्तर अभ्यास क्रियाशीलता

- नैतिक व्यवहारलाई शिक्षण सिकाइमा उपयोग गर्ने क्षमता

अभिवृद्धि/ प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):
शिक्षकमा यस प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- आफ्नो पेसाप्रति सम्मान गर्ने र निष्ठाभाव

- निस्पक्ष, तटस्थ तथा विभेदरहीत व्यवहार

- शिक्षण सिकाइ व्रिmयाकलाप, सिकारूको सिकाइ उपलब्धि प्रति जिम्मेवारी तथा जवाफदेहिता वहन

- गैर राजनीतिक व्यवहार प्रस्तुत

- लचिलो तथा खुलापनमा आधारित कार्यव्यवहार प्रस्तुत

- सिकाइ निरन्तर चलिरहने प्रक्रियासँग परिचित भई सहयोग एवम् साझेदारीको भावना र पेसागत नैतिकता तथा इमान्दारिता

सक्षमता ८.

प्रत्येक शिक्षक नागरिक मूल्य र मान्यता प्रति सचेत रही समानमा अनुकरणीय व्यहार गर्ने , सकारात्मक सोच भएको प्रभावकारी सञ्चार साथै अतरवैयक्तिक सम्बन्ध कायम गर्न सक्षम हुन्छ ।

सक्षमताको विस्तृत क्षेत्र (Broad Competency Areas): समन्वय, सहकार्य र साझेदारी

सक्षमताका मुख्य क्षेत्रहरू (Core Competency Areas)  अन्तर वैयक्तिक सम्बन्ध, अभिभावक समुदाय सम्बन्ध, स्वस्थ तथा अनुकरणीय व्यवहार, सकारात्मक सोच, प्रभावकारी सञ्चार
ज्ञानमा आधारित सक्षमता (Knowledge Based Competencies):

शिक्षकमा निम्न विषयको ज्ञान हासिल भएको हुन्छ ।

- सरसफाइ, असल व्यवहार विद्यालय, शिक्षण सिकाइ, पेसागत जिम्मेवारी आदि वहन गर्ने पक्षमा सकारात्मक सोच

- सबै बालबालिकाको उच्च शैक्षिक उपलब्धिका लागि सहकार्य र समन्वय

- राम्रा अभ्यास तथा सूचनाको सम्बन्धित अविभावक, शिक्षक, विद्यार्थी समक्ष जानकारी

- शैक्षणिक योजना अनुभव आदान प्रदान र आपसी (एडुखबर)सहयोगका क्षेत्रहरूको ज्ञान

- सव्रिmय सुनाइ, दोहोरो सञ्चार, बोधगम्य भाषाको प्रयोग सम्बन्धी ज्ञान

- विद्यार्थी, अभिभावक, सहकर्मी, समुदायसँगको, शाब्दिक, सांकेतिक सञ्चार प्रवाह गर्ने तरिका सम्बन्धी ज्ञान

सिप एवम् क्षमतामा आधारित सक्षमता (Skill and Performance Based Competencies):

शिक्षकमा निम्न बमोजिमको सिप तथा दक्षता हुन्छ ।

- सबै प्रकारका बालबालिकाको उच्च शैक्षिक उपलब्धिका लागि आवश्यकतामा आधारित शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन

- विद्यार्थीको सफलताप्रति विश्वास, रचनात्मक तथा समालोचनात्मक सहयोग, र उच्च सपलताप्रति प्रतिवद्ध

- सिकारूको सिकाइ र जीवनसँग सम्बद्ध गरी शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन

- प्रभावकारी सञ्चारको माध्यमबाट असल सम्बन्ध स्थापित गर्न

अभिवृद्धि/प्रवृतिमा आधारित सक्षमता (Attitudinal Competencies):

शिक्षकमा यस प्रकारको अभिवृद्धि/प्रवृति विकास भएको हुन्छ ।

- नमुनाका रूपमा आदर्श व्यवहारको प्रदर्शन शैक्षिक गुणस्तरका लागि शैक्षिक सुधारमा निरन्तर प्रवर्तनात्मक अभ्यासमा सव्रिmयता

- साझेदारी र सहयोगात्मक भावना भएको, समन्वयात्मक रूपमा काम गर्न रूची राख्ने

- सिकारूको सामाजिक, आध्यात्मिक, नैतिक, संवेगात्मक एवम् सामाजिक विकास प्रति संवेदनशील रही सम्बन्ध स्थापित गर्न उत्सुक

- स्थानिय तहमा सूचना सम्पे्रषण गर्दा स्थानीय भाषाको प्रयोगप्रति संवेदनशील

- विचारहरू/तर्कहरूको सहज एवम् सही प्रस्तुति तर्फ प्रयासरत

- नागरिक प्रति सम्मान गर्ने, सकारात्मक सोच भएको, देशभक्त, राष्ट्रप्रति बफादारीता प्रदर्शन गर्ने, राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशसँग सचेत

शिक्षक सक्षमताको उपयोग

शिक्षक सक्षमता शिक्षक तयारी र विकासको एउटा प्रमुख नीतिगत आधार हो । यसमा निर्दिष्ट भएका पेसागत मापदण्डलाई नै आधार बनाएर  शिक्षक तयारी, शिक्षक तालिम, एवम् निरन्तर पेशागत विकासका कार्यक्रमको योजना बनाइन्छ । त्यसैले शिक्षक सक्षमता व्यक्तिगत रूपमा शिक्षक आफुमा पेसागत परिपक्वता हासिल गर्न गर्नुपर्ने तयारी तथा विकासको निम्ति, पाठ्यपुस्तक लेखन गर्ने  लेखकहरूलाई समसामयिक अद्यावधिक हुन तथा संस्थागत रूपमा शिक्षक विकासको योजना बनाउने शिक्षा सम्बद्ध नीतिगत निकायहरू, शिक्षक तयारी कोर्ष सञ्चालन गर्न विश्वविद्यालयहरू, पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्ने पाठ्यक्रम विकास केन्द्र लगायतका निकायहरू, शिक्षक तालिम प्रदायक संस्थाहरूको लागि समेत उपयोगी हुन जान्छ । यसका साथसाथै विद्यालयहरू समेतको लागि आबद्ध शिक्षकहरूको सामुहिक क्षमता विकासको निम्ति समेत यसलाई प्रयोग गर्न सकिन्छ । 

शिक्षकको निरन्तर पेसागत विकास (Continuous Professional development) को लागि शिक्षकमा व्यावसायिकता अभिवृद्धि गर्न, शिक्षक कार्यक्षमताको मूल्याङ्कन गरी सुझाव पृष्ठपोषण प्रदान गर्न समेत यो शिक्षक सक्षमताको ढाँचा उपयोगी हुन जान्छ । शिक्षक एवम् विद्यालयलाई शैक्षणिक योजना निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न एवम् विद्यार्थी उपलब्धि परीक्षण मूल्याङ्कनको लागि पनि यो उपयोगी हुन्छ ।

शिक्षक स्वयम्लाई स्वःमूल्याङ्कन गरी पेशागत दक्षता अभिवृद्धि गर्न समेत यो सहायक सिद्ध हुन जान्छ । विद्यार्थी मूल्याङ्कनको साधनको निर्माण गर्न, कक्षाकोठाको  व्यवस्थापन गर्न र यिनको माध्यमबाट स्वःमूल्याङ्कन गरी आफुले गर्नु पर्ने पेशागत जिम्मेवारी पुृरा गर्न, अद्यावधिक हुन समेत शिक्षक सक्षमताको उपयोग गरिन्छ । अर्काे तर्फ हरेक शिक्षकलाई उच्च उपलब्धिको प्राप्ति शिक्षकमा रहेका क्षमता तथा विशेषज्ञतालाई उययुक्त स्थानमा परिचालन गर्न  समेत यो सहयोगी हुन जान्छ । तसर्थ शिक्षक सक्षमता प्रत्येक सिकारूको उच्च शैक्षिक स्तर प्राप्तिको त्यो माध्यम हो, जसको उपयोगबाट सम्बद्ध  निकाय एवम् सम्बन्धित क्षेत्रका सेवा  प्रदायकहरूमा समेत गुणस्तर कायम गर्न मार्ग निर्देशन गर्दछ ।

शिक्षकको योग्यता अभिवृद्धि लागि जिम्मेवार विश्वविद्यालयको पाठ्यक्रम वा कोर्ष, शिक्षकको पेशागत विकासका लागि सञ्चालन भइरहेका र हुने विभिन्न क्षेत्र र विषयका तालिम कोर्ष परिमार्जन वा परिवर्तनका लागि यो शिक्षकको सक्षमता ढाँचा एउटा आधकार बन्न सक्छ । वर्तमान अवस्थाको विश्लेषण र परीक्षणबाट यसको प्रयोगको प्रभावकारिता आँकलन गर्न सकिन्छ । नेपालको शैक्षिक क्षेत्रमा पहिलो पटक औपचारिक रूपमा शिक्षकको सक्षमता सम्बन्धी ढाँचा बनेको छ । यसको कार्यान्वयन पश्चात समयानुसार परिवर्तनको गुन्जायस राख्नुपर्ने हुन्छ ।

विद्यमान सबै शिक्षकमा रहेको सक्षमता र नेपालको शैक्षिक धरातलमा उपयोग गर्ने गरी बनाइएको सक्षमता ढाँचाको बीचमा तालमेल मिल्नु पर्छ । यदि केही फरकता पाइएमा कारण पहिचान र समाधानका लागि क्षमता एवम् पेशागत विकासका प्याकेज व्यापक रूपमा प्रयोगमा ल्याउनु निर्विकल्प उपाय बन्न सक्छ ।

प्रकाशित मिति २०७२ चैत ७ गते

प्रतिक्रिया