Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

उच्च माविलाई ११ लाख बराबरको जग्गा दान

आइतबार, ०७ चैत्र २०७२

काठमाडौँ, ७ चैत्र । म्याग्दीको घारमा रहेको मुक्तिमार्ग उमाविलाई स्थानीय खड्का परिवारले रु एघार लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।  घार–५ का देवबहादुर खड्का (नारायण)ले उमाविलाई तीन रोपनी जग्गा दान गरेका हुन् । गत माघमा स्थानीय कृष्णबहादुर खड्काबाट खरिद गरेको उक्त जग्गा नारायण र उनका बुवा टीकाबहादुरले यसै हप्ता विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

ग्रामीण क्षेत्रको शैक्षिक विकासमा टेवा मिलोस् भनेर आफूहरुले जग्गा सहयोग गरेको जग्गादाता खड्काले बताए ।  खड्का परिवारले उपलब्ध गराएको जग्गामा उमाविको आठकोठे भवन निर्माण सुरु गरिएको स्थानीय अगुवा कृष्णबहादुर बरुवालले जानकारी दिए । 

काठमाडौँको सामाखुसीमा साम्दो टे«किङ एजेन्सी सञ्चालन गर्दै आउनुभएका खड्काले यसअघि पनि प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्दै आएका छन् । 

रासस 

 

प्रतिक्रिया