Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

१ सय ४१ विद्यालय बन्द गर्न पत्राचार 

आइतबार, ०७ चैत्र २०७२

काठमाडौँ, ७ चैत्र । थोरै विद्यार्थी र तिनका तुलनामा बढी शिक्षक भएका लमजुङका १ सय ४१ विद्यालय बन्द गरिने भएका छन् ।  जिल्ला शिक्षा कार्यालयले यसका लागी सम्बद्ध विद्यालयलाई निर्देशनात्मक पत्राचार गरेको छ । मापदण्ड नपुगेका विद्यालय सञ्चालन गरिरहदाँ सरकारलाई आर्थिक भार थपिने भन्दै निर्देशिका अनुसार कम विद्यार्थी रहेका विद्यालय बन्द गर्न पत्राचार गरिएको जिशिकाले जनाएको छ । 

बन्द गर्न निर्देशन दिइएको एउटा विद्यालयमा एक जना विद्यार्थी र ३ जना शिक्षक छन् । जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालका अनुसार बाहुँनडाडाँ १, डहरेको हिमालय प्राविमा एउटा विद्यार्थी पढाउन ३ जना शिक्षक खटिएका छन् । 

१–३को उक्त विद्यालयमा कक्षा २ मा मात्रै १ विद्यार्थी छन् । एउटा विद्यार्थीलाई पढाउन मासिक ६० हजार ५ सय ९१ रुपँैया खर्च लाग्ने गरेको सरकारी तथ्यांक छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया