Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता

आइतबार, ०७ चैत्र २०७२

काठमाडौँ, ७ चैत्र । दाङको लक्ष्मीपुर ४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला ।  घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् । ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर्वसभासद् शान्ता चौधरी ।

राजनीतिकर्मी शान्ता अहिले राजनीतिशास्त्रको परीक्षा होइन, कक्षा ८ को जिल्लास्तरीय परीक्षा तयारीमा बेजोडले लागेकी छन् । गाउँकै उच्चमावि डाँडागाउँ गाग्लीकी  विद्यार्थी उनलाई परीक्षाको चटारो छ । परीक्षा आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन अनिवार्य नेपाली विषयको परीक्षा छ । शान्तामा पढाइ मोह उपद्रो छ ।  फेल भइने होकी भन्ने डर पनि उस्तै छ ।

कक्षा ८ को वाषिर्क परीक्षा तयारी गरिरहेको शान्ता चौधरीमा अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने इख जागेको बताइन् । उनी एमालेबाट समानुपातिक कोटामा सभासद चुनिएकी थिइन् ।

चौधरी अहिले ३५ वर्षकी भइन् । ८ बर्षको उमेर देखि कम्लरी बसेकी उनलाई साहुले कहिल्यै पढाउनुपर्छ भन्ने सदासयता देखाएनन् ।

(नागरिक दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया