Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीले नयाँ भवन पाए

शनिबार, ०६ चैत्र २०७२

काठमाडौँ, ६ चैत्र ।  गत भूकम्पले भवन भत्किएर चौरमा पढ्न बाध्य दोलखाको श्री देउराली निमावि जिरी नगरपालिका–९ होसिंगा, ठूलोपातालका विद्यार्थीहरू अहिले नयाँ भवन बनेपछि दंग छन् उनीहरूका लागि समृद्ध नयाँ नेपालले १० कोठे नयाँ पक्की भवन बनाइदिएको छ । 

भूकम्पप्रतिरोधी प्रविधि अपनाएर १५ लाख रुपैयाँको लागतमा १० कोठे पक्की भवन तयार गरिएको समृद्ध नेपालका अध्यक्ष एवं इन्जिनियर राजीव पौडेलले बताए, ‘विद्यार्थीहरूले पढ्न नपाएको खबर आएपछि हामीले अमेरिकामा बस्ने साथीहरूको सहयोग लिएर नयाँ भवन बनाइदिएका हौं । भूकम्पपछि अहिलेसम्म त्यस भेगमा बनेको भूकम्प प्रतिरोधक त्यो नै पहिलो विद्यालय भवन हो ।’

सो विद्यालयमा त्यस भेगका १ सय ५० विद्यार्थी अध्ययनरत छन् । संस्थाले नवनिर्मित विद्यालय भवनमा कम्प्युटरसमेत दिएर नयाँ पुस्तकालय पनि बनाइएको छ । पुस्तकालयमा विभिन्न विषयका सन्दर्भ पुस्तक संगृहीत छ । 

नेपाल मानव धर्म सेवा समितिका आध्यात्मिक गुरु विभूजी महाराजले नवनिर्मित विद्यालय भवनको यो साता उद्घाटन गरे । उद्घाटन समारोहमा सबै विद्यार्थीलाई शैक्षिक पाठ्य सामग्री पनि वितरण गरियो । पाठ्यसामग्री मानव धर्मसेवा समिति गौशाला तथा पाठशाला नेपाल फाउन्डेसन नयाँ बानेश्वरले उपलब्ध गराएको थियो । 

विद्यालयका प्रधानाध्यापक शम्भु दाहालले अब विद्यार्थीले ढुक्क भएर नयाँ भवनमा पढ्ने जानकारी गराउँदै भविष्यमा पनि शैक्षिक सहयोगको आशा लिएको बताए । 

(राजधानी दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया