Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

आगामी शिक्षा बजेट एसएसडीपी लक्षित

शनिबार, ०६ चैत्र २०७२

काठमाडौँ, ६ चैत्र । आगामी वर्षको बजेट विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) लक्षित हुने देखिएको छ ।  शिक्षा मन्त्रालयले केही दिनयता शिक्षा विभागलगायत विभिन्न निकायसँग बजेटबारे छलफल गरिरहेको सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन् । 

 ‘मन्त्रालयले आगामी ७ चैतसम्म सबै कार्यालयलाई आवश्यक कार्यक्रम पठाउन भनेको छ,’ उनले भनिन् ।  हरेक वर्ष शिक्षामा सबैभन्दा बढी बजेट छुट्याइ“दै आएको छ । जसमा सबैभन्दा बढी शिक्षकको तलबमा खर्च हुने गर्छ ।  

तलबसँगै, पोषण, छात्रवृत्तिलगायत प्राथमिक क्षेत्र हुन् । शिक्षा ऐन पारित भएको अवस्थामा ठूलो रकम शिक्षकको अवकाशमा छुट्टिने देखिएको छ । 

(राजधानी दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया