Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीको एसएलसी तयारी ‘कोेचिङ’ मात्रै

शनिबार, ०६ चैत्र २०७२

काठमाडौँ, ६ चैत्र ।  वीरगन्ज उपमहानगरपालिका–१५ स्थित सिद्धार्थ माध्यामिक विद्यालयकी छात्रा समीक्षा कुमारी नेसनल ट्रेडिङ नजिकैको एक कोचिङ सेन्टरमा कक्षा १० को कोर्स सकाउन धाइरहेकी छिन्।

 विहान र बेलुकाको कोचिङ कक्षामा उनी विगतमा पढेको दोहोर्याउन गएकी होइनन्। तराईमा आन्दोलनले विद्यालयमा पढाइ नभएपछि कोर्स पूरा नहुँदा आफ्नै खर्चमा पढिरहेकी छिन्। ‘नेपाली, जनसंख्या, सामाजिक, गणित र विज्ञान विषयका पाठ्यक्रम आधामात्र पढाइ भयो,‘उनले भनिन्,‘दुई महिनादेखि कोचिङ धाइरहेकी छु।’  

सदरमुकाम वीरगन्जबाट ४० किलोमिटर पश्चिमको भीखमपुर गाविसका रविरञ्जन मिश्र पनि कोर्स सकाउन अतिरित्त रकम खर्चेर ट्युसन सेन्टरमा पढिरहेका छन्।  पाठ्यक्रम दोहोर्याउने समयमा विद्यार्थीहरुलाई कोर्स सकाउने चटारे छ। कोर्स नसक्दै विद्यालयले विदाइ गरेपछि खर्च गरेर कोचिङ पढ्न लागेको उनले बताए। जनकपुरका विद्यार्थीको पनि व्यथा उस्तै छ। उनीहरुले पनि कोर्स सकाउन कोचिङ पढिरहेका छन्।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया