Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कर शिक्षा सचेतना अभियान

शनिबार, ०६ चैत्र २०७२

काठमाडौँ, ६ चैत । मध्यपुर थिमि नगरपालिकाले चालु आव २०७२÷७३ लाई कर शिक्षा सचेतना अभियानका रुपमा घोषणा गरेको छ ।   नगरपालिकाको आन्तरिक आयस्रोत बढाउन चालु आवभित्र व्यवसाय दर्ता तथा करसम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र नगरवासीमा कर सचेतना अभिवृद्धि गर्ने उद्देश्य सो अभियानको छ । 

नयरपालिकाभित्र सञ्चालित हजारौँ व्यवसाय, पसल, कार्यालय तथा सङ्घसंस्था अझै पनि दर्ता नभएकाले सचेतना जगाई व्यवसाय दर्ता गराउने अभियानको मुख्य उद्देश्य रहेको कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले बताए । 

अहिले नयरपालिकाको मुख्य आयस्रोतका रुपमा घर जग्गा कर तथा नक्सा पास दस्तुर छन् ।  उनले स्थानीय व्यवसायीलाई व्यवसाय दर्ताको दायरामा ल्याउन कर शिक्षासम्बन्धी तीन चरणमा कार्य गर्ने योजना रहेको बताउनुभयो । व्यवसायबाट उठेको राजस्वलाई अधिकभन्दा अधिक नगरभित्रकै विकास निर्माण कार्यमा खर्चिने जनाइएको छ । 

रासस 

 

प्रतिक्रिया