Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

के तपाईंका केटाकेटीमा यस्ता समस्या छन् ?

शुक्रबार, ०५ चैत्र २०७२
Mana Prasad Wagley

१. व्यवहारमा आकस्मिक परिवर्तन: जस्तो पहिला एकदमै सक्रिय पछि गएर सुस्त अथवा पहिला सामान्य पछि गएर आक्रामक

२. सुद्धि हराएझै हुने, बेलाबेलामा बिर्सने

३. सन्चो छैन भन्ने बहानामा स्कूल नजाने निहूँ गर्ने ; तर के बिरामी हो थाहा नहुने

४. स्कूलबाट भाग्ने

५. शरीरमा चोट पटकको दाग छ तर सोद्धा केही नबताउने

६. आफूलाई परेको समस्या अरुलाई परेको जस्तो गरेर समाधान खोज्न अनुरोध गर्ने

७. निश्चित व्यक्तिको घर वा स्थानमा जान नमान्ने

८. एक्लै बस्न रुचाउने परिवारसंग घुलमिल नगर्ने

९. जहिले पनि चिन्तित देखिने

१०. बेलाबेलामा डराउने

यस्तो व्यवहार भएका केटाकेटीहरु पक्कै पनि उनीहरुको स्कूलमा आफ्ना साथी वा शिक्षकहरुबाट दूर्व्यवहार (Bullying) मा परेका हुन्छन जुन कुरा तपाइंलाई भन्न उनिहरु डराउँछन् / बेलैमा समस्याको पहिचान गर्नुहोस र समाधान गर्ने प्रयास गर्नुहोस/ केटाकेटीसंग नजिकै हुनुहोस्, उनीहरुको साथी बन्नुहोस् र विश्वास जित्नुहोस्/

प्रतिक्रिया