Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

भूकम्प प्रभावित जिल्लामा ‘लाइभ स्कुल’ !

विहीबार, ०४ चैत्र २०७२

काठमाडौँ, ४ चैत्र । सरकारले विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट अध्ययन गराउन लाइभ स्कुल सञ्चालन गर्ने भएको छ ।  भक्तपुरको शैक्षिक जनशक्ति विकास केन्द्रमा स्थापना हुने लाइभ स्कुलको लागि टेलिभिजन स्टेसन नै स्थापना हुने भएको हो । यसका लागि करिब १८ करोड लगानी हुने अनुमान छ । 

यस्तो लाइभ स्कुलमार्फत विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इनटरनेटको माध्यमबाट विद्यालयमै पढ्न पाउने छन् । ती विद्यालयमा राखिएको ५० इन्चभन्दा टेलिभिजनामा हेरेर विद्यार्थीले पढ्नेछन् । 

हाल परीक्षणका लागि भूकम्पप्रभावित ११ जिल्लाका सय विद्यालयका १० कक्षाका विद्यार्थीका लागि एकै पटक पढाउने व्यवस्था सहित वृहत टेलिविद्यालय स्थापना गरिएको छ । 

(कारोबार दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया