Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

१ सय ४१ विद्यालय गाभ्ने तयारी

विहीबार, ०४ चैत्र २०७२

 काठमाडौँ, ४ चैत्र । जिल्ला  शिक्षा कार्यलय लमजुङद्धारा विद्यार्थी संख्या कम भएका एक सय ४१ विद्यालय गाभ्ने तयारी गरेको छ ।  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले विद्यार्थी संख्या कम भएका जिल्लाका एक सय ४१ विद्यालयलाई एकै्र साथ पत्र लेखि नयाँ शैक्षिक शत्रमा विद्यार्थी संख्या नवढाएमा वैशाखमा नै ती विद्यालयहरु गाभिने बताए ।  

माध्यमिक, निम्न माध्यमिक विद्यालयमा विद्यार्थी संख्या अपुग भएमा दरवन्दि काट्ने उनले बताए ।  जिशिअ नेपालले भने, “प्राथामिक विद्यालयमा २५ र १ देखि ३ चलेको विद्यालयमा २० जना विद्यार्थी नपुगेमा विद्यालय बन्द गर्ने तयारीमा लागेका छौँ, जिल्लामा ३ जना शिक्षक एक विद्यार्थी भएका विद्यालय धेरै भईसके, बेलैमा सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर नसुधारे भोली सिण्डकेट लागू हुन्छ ।”  

जिल्ला शिक्षा कार्यलयका अनुसार कम विद्यार्थी भएका विद्यालयहरुमा वुद्धि विकास प्रावि वाझाखेत साधुमा ३ जना विद्यार्थीका लागी ३ जना शिक्षक, गणेश प्रावि खाँचेमा ३ जना विद्यार्थी, ३ जना शिक्षक,महेन्द्र प्रावि ज्यारखाङमा ४ जना विद्यार्थिका लागी ३ जना शिक्षक, रहेका छन् । यसै गरि ३ जना विद्यार्थी मात्रै रहेका विद्यालयहरुमा जय वाल देवी प्रावि उदी, सूर्यज्योति प्रावि वाह्रपिर्के तल्लोथोक रहेका छन् ।  

एक जना विद्यार्थीका लागी ३ जना शिक्षक रहेको विद्यालयमा हिमालय प्रावि वाहुनडाडा डहरे रहेका छन् । शान्ति देवी प्रावि घिचेमा २ जना विद्यार्थी जनचेतना प्रावि अर्खलेमा ४ जना विद्यार्थी रहेका छन् । 

यसै गरि कम विद्यार्थी रहेका विद्यालयहरुमा गौमती प्रावि कलैचैमा ७ जना विद्यार्थी विद्यामन्दिर प्रावि सुमलेमा ७ जना विद्यार्थी, नारायण प्रावि भाचोकमा ८ जना विद्यार्थी कोपिला प्रावि वेसिगाउँमा ९ जना विद्यार्थी अकला प्रावि धोद्ैमा ८ जना विद्यार्थी, देवी लिला प्रावि वेतेनीमा ८ जना विद्यार्थी रहेका छन् ।  

जिल्लामा एक सय ४१ प्राविहरुमा एक देखि १५ जना विद्यार्थी मुश्किलले रहेको पाइएको छ । सो विद्यालयहरुमा आफ्ना वालवच्चा भर्ना गर्ने अभिभावकहरुमा दलित तथा विपन्न, गरिव रहेको पाईएको हो । 

 गाउँमा बाक्लो बस्ती भएतापनि छोरा छोरीलाई वोर्डिङ स्कुलमा भर्ना गर्ने सस्कारका कारणले पनि सरकारी विद्यालयहरुमा पछिल्ला समयमा विद्यार्थीको संख्या घट्दो रहेका छ । 

(कालिका एफएमबाट)

 

प्रतिक्रिया