Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालयको पुनःनिर्माण तीन वर्षभित्र : शिक्षामन्त्री 

विहीबार, ०४ चैत्र २०७२

काठमाडौँ, ४ चैत्र । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले ध्वस्त बनेका नौ हजार विद्यालयको पुनःनिर्माण आगामी तीन वर्षभित्रमा गरिसक्ने दाबी गरेका छन् ।  क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा बुधबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भूकम्प पुनःनिर्माण प्राधिकरणले त्यसको गृहकार्य सुरु गरिसकेको बताए । 

आगामी वैशाखको दोस्रो साताभित्रमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याइसकिने बताउँदै उनले पुस्तक छाप्ने काम जनकशिक्षा सामाग्री केन्द्रबाट भइरहेको जानकारी गराए ।  पुस्तक छपाइकार्य मधेस आन्दोलनका कारण समयमै कागज आउन नसक्दा प्रभावित बनेको उनको भनाइ छ । 

भूकम्प र मधेस आन्दोलनका कारण शैक्षिक वर्षमा पूरा पढाउनुपर्ने दिनमा पढाइ हुन नसकेको बताउँदै उहाँले यसवर्ष एसएलसी दिने विद्यार्थीका लागि सूचना प्रविधिको प्रयोगमार्फत वैकल्पिक रुपमा पढ्ने अवसर उपलब्ध गराइएको उल्लेख गरे ।  

सीमाङ्कन हेरफेरलगायत मधेस आन्दोलनमा उठेका विषयलाई सहमतिका माध्यमबाट टुङ्गोमा पु¥याइने दाबी समेत उनले गरे । 

रासस 

 

 

प्रतिक्रिया