Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

स्कुल बस दुर्घटना हुदाँ १० विद्यार्थी घाइते

विहीबार, ०४ चैत्र २०७२

काठमाडौँ, ३ चैत । नुवाकोट जिल्लाको थानापति गाविसमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।  थानापति गाविस–७ मा बा२ख ८१७ नंको सेई बोर्डिङ स्कुलको बस विद्यार्थी पु¥याउन जाँदै गर्दा बुधबार सडकबाट १० मिटर तल खसेर बस दुर्घटना भएको हो । 

दुर्घटनामा परेर १० जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  दुर्घटनापछि बस चालक कृष्णबहादुर तामाङ फरार भएका छन् । दुर्घटनामा विद्यार्थी सन्तोष गिरी, सरल सिटौला, सीता गिरी, बैकुण्ठ खतिवडा, विकेश श्रेष्ठ, प्रभात पाण्डे, पवन गिरी, दिनेश पुडासैनी र सन्तोष गिरी ‘ख’ रहेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

घाइते विद्यार्थीको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइते विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया