Edukhabar
शनिबार, १९ माघ २०८१
गतिविधि

परीक्षातालिका सार्वजनिक

विहीबार, ०४ चैत्र २०७२

काठमाडौँ, ४ चैत्र । मध्यपश्चिमान्चल विश्व विद्यालय व्यवस्थापन संकायले स्नातक तथा स्नातकोतर तहका विभिन्न सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ । 

मध्यपश्चिमान्चल विश्व विद्यालय व्यवस्थापन संकायले जारी गरेको सार्वजनिक सूचना अनुसार स्नातक तह बिबिए,बीबीएस छैठौ सेमेस्टर तथा स्नातकोतर तह एम.बी.ए चौथो सेमेस्टरको परीक्षा आगामी चैत्र  १५ गतेदेखि सञ्चालन हुने भएको छ ।  यस्तै स्नातकोत्तर तह एम.बि.ए दोस्रो  सेमेस्टरको परीक्षा आगामी चैत्र  १४ गतेदेखि सञ्चालन हुने भएको छ । 

सार्वजनिक तालिका अनुसार स्नातक तहको  परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ भने स्नातकोतर तहको परीक्षा भने बिहान सात बजेदेखि ११ बजेसम्म सञ्चालन हुने मध्यपश्चिमान्चल विश्व विद्यालय व्यवस्थापन संकाय सुर्खेतले जनाएको छ । 

परीक्षाको तालिका मध्यपश्चिमान्चल विश्व विद्यालयको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिने विश्व विद्यालयले जनाएको  छ ।

 

प्रतिक्रिया