Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सामाजिक नीति बनाऊन विद्यार्थीको माग

बुधबार, ०३ चैत्र २०७२

काठमाडौँ, ३ चैत्र । युवा विद्यार्थीहरुले सामाजिक कार्यलाई राज्यको नीतिमा समावेश गर्न सरकारलाई आग्रह गरेका छन् ।  दसौं अन्तराष्ट्रिय सामाजिक कार्यदिवस मनाउन मंगलबार राजधानीमा भेला भएका ६० कलेजका २५ सय भन्दा बढी विद्यार्थीहरुले हजारौंले पढिरहेको विषयमाथि सरकारको कुनै नीति नै नभएकाले यो क्षेत्र नै अन्यौलमा परेको भन्दै तत्काल प्रष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

कंग्रेसका युवा नेता तथा सभासद गगन थापा, एसएसपी सर्वेन्द्र खनाल, एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलगायतले भेलालाई सम्बोधन गर्दै युवाहरुको माग जायज र यथोचित भन्दै देशको राजनीतिक र साँस्कृतिक आयाममा सचेत हुन उनीहरुलाई आग्रह गरेका थिए । 

विद्यार्थी भेलाले सामाजिक कार्यलाई शैक्षिक स्तरमा प्रबर्द्धन गरेको भन्दै शिक्षाविद विमख खड्काको सम्मान समेत गरेका थिए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया