Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्ध

बुधबार, ०३ चैत्र २०७२

काठमाडौँ, ३ चैत्र । रौतहटमा निम्न माध्यमिक तह उत्तीर्ण ९जिल्ला स्तरीय० परीक्षाअन्तर्गत कक्षा ८ को नेपाली बिषयको परीक्षा रद्द गरिएको छ।  मंगलबार परीक्षा सुरु हुनुभन्दा अगाडी नै नेपाली विषयको प्रश्नपत्र बाहिरीएको फेला परेपछि उक्त बिषयको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ। 

यस वर्षको उक्त परीक्षामा जिल्लाका ८ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्। नेपाली बिषयको परीक्षा सुरु हुनुअघि नै बजारमा साइबर, फोटोकोपी पसलहरुमा छयापछयाप्ती प्रश्नपत्र बिक्री भइरहेको जनाकारी प्राप्त भएलगत्तै जिल्ला परीक्षा समितिको बैठकले नेपाली विषयको परीक्षा रद्द गर्ने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय रौतहटका नायव सुब्बा प्रविण राईले बताए। 

जिल्लाका सरकारी तथा निजी माध्यमिक विद्यालयहरुमा सोमबारदेखि नै परीक्षा सुरु भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा मर्यादित तरिकाले सम्पन्न भए पनि दोश्रो दिन नेपाली बिषयको मात्रै प्रश्नपत्र परीक्षा सुरुहुनु अगावै बाहिरिएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए।  

'परीक्ष सुरु हुनुभन्दा अगाडी नै विद्यालय बाहिर बजारमा प्रश्नपत्र फेला परेको छ,' प्रजिअ बरालले भने, 'यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, दोषिलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइसको छु।'

परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका विद्यार्थीहरु रद्द भएको सूचना पाएपछि शिक्षकसमेत आश्चर्यमा परेका थिए। मंगलबार रद्द गरिएको जिल्ला स्तरीय नेपाली विषयको परीक्षा अगामी चैत्र १५ गते संचालन गर्ने जिल्ला शिक्षा कार्यालयका नासु राइले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया