Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

लाखौं विद्यार्थी शिक्षाबाट बञ्चित हुने खतरा

बुधबार, ०३ चैत्र २०७२

काठमाडौँ, ३ चैत्र । एसएलसीमा सुरु गर्न लागिएको अक्षराङ्क प्रणाली (९ग्रेडीङ सिस्टम) बारे अझै अन्योल कायमै छ। विना तयारी अक्षराङ्क प्रणाली लाद्न खोजेको भन्दै सरोकारवालाले चर्को आलोचना गरेका छन्।  उच्च माध्यामिक विद्यालय संघ (हिसानका) उपाध्यक्ष भेषराज पोखरेलले तत्लो कक्षाको परीक्षा प्रणालीमा सुधार नगरी एकै चोटी एसएलसीमा ग्रेडिङ सिस्टम लागू गर्नु चुनौतीपूर्ण रहेको बताए।  

ग्रेडीङ सिस्टम राम्रो भए पनि नेपालको सन्दर्भमा अहिलै लागू गर्नु उचित नभएको उनको भनाइ छ। विगतका एसएलसीमा कम अंक ल्याउने अधिकाँश विद्यार्थी सामुदायिक विद्यालयका रहेकाले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयका विद्यार्थी ग्रेिडङ सिस्टमबाट समस्यामा पर्ने उनले बताए ।

ुग्रेडिङ सिस्टममा गएपछि सी ग्रेड भन्दा मुनि अंक ल्याउने विद्यार्थीले माथिल्लो तहमा पढ्न नपाउने अवस्था हुने भएकाले एसएलसीपछि कम अंक ल्याउने विद्यार्थीलाई कहाू लैजाने रुु पोखरेलको प्रश्न छ। उनले परीक्षा प्रणालीमा तत्काल सुधार नगरी ग्रेडीङ सिस्टम लागू गर्नै नहुने बताए । परीक्षा प्रणालीमा कुल पूर्णाङ्कको ५० प्रतिशत अंक निरन्तर कक्षा मुल्याङ्कनका आधारमा र ५० प्रतिशतको मात्रै लिखित परीक्षा हुनु पर्ने पोखरेलको सुझाव छ । अन्तर्राष्ट्रिय अभ्यास पनि ५० प्रतिशत अंकको मात्रै लिखित परीक्षा हुनेगरेको उनले जानकारी दिए । परिणामको विश्लेषण नगरी लागू गर्न खोजिएको एसएलसीको ग्रेडिङ प्रणाली चटपटे खाने पातलो कागजको सोलीमा दालभात खान खोज्नु जस्तै भएको उनको भनाइ छ। 

उनले भने, 'ग्रेडिङ प्रणाली चटपटे खाने कागजको सोलीमा दालभात मुछेर खान खोज्नु जस्तै हो।' निजी विद्यालयहरूको संगठन प्याव्सनका प्रतिनिधि राजेशकुमार दासले लागू गर्न खोजिएको ग्रेडिङ प्रणाली उचित नभएको बताए। उनले विद्यार्थीले पाएको अंक लुकाउन मात्रै ग्रेडिङ सिस्टम लागु गर्न खोजिएको आरोप लगाए । उनले भने, 'ग्रेडिङ प्रणालीले १० देखि २० अंक फरक ल्याउने विद्यार्थीलाई एउटै ग्रेडमा राखेर अंक लुकाउने काम मात्रै गरेको छ।' उत्कृष्ठ अंकल्याउने विद्यार्थीलाई निजी विद्यालयहरूले दिने छात्रबृत्ती पनि अन्यौलमा परेको दासले बताए । एउटै ग्रेडमा धेरै विद्यार्थी पास हुँदा छात्रबृत्री केआधारले दिने भन्ने पनि अन्यौल भएको उनको भनाइ छ । 

यता सीटीइभीटीले ५० प्रतिशत भन्दा कम अंक ल्याउनेलाई मात्र स्वास्थ्य विषयमा भर्ना लिने जनाइसकेको सन्दर्भले पनि अभिभावक र विद्यार्थीलाई झस्क्याएको छ । शिक्षालयहरूले सी ग्रेड भन्दा मुनिका विद्यार्थीलाई उच्च शिक्षाका लागि भर्ना लिने संभावना कमै रहेको छ। एसएलसीमा कुनै एक विषयमा थोरै अंक ल्याए के गर्ने भन्ने समस्या पनि छ। ग्रेडिङ सिस्टमका कारण एसएलसीमा कोही पनि फेल हुूदैनन्। सबै पास हुूदा सी ग्रेड भन्दा कम अंक ल्याउने संभावना रहेका ३ लाख भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि भर्ना हुन पाउूदैनन् । 

एसएलसीमा फेल नहुने व्यवस्थाका कारण धेरैजसो विद्यार्थीले राम्ररी परीक्षाको तयारी नै नगरेको सरोकारवालाहरू बताउँछन् ।   विद्यार्थीले परीक्षाको राम्रो तयारी नगर्ने र सी ग्रेड भन्दा कम अंक ल्याए माथिल्लो तहमा भर्ना हुन नपाउने अवस्थाले धेरै विद्यार्थी पीडित हुने उनिहरूको भनाइ छ। मंगलबार एजुकेशन हेल्पलाइन विराटनगरले गरेको अन्तक्र्रियामा विद्यार्थी नेता तिलक बस्नेतले यो बर्ष एसएलसी परीक्षा दिने आधा विद्यार्थी उच्च शिक्षाबाट बञ्चीत हुने दाबी गरे । उनले विना तयारी ग्रेडिङ सिस्टम लागु गर्न लागिएकाले शिक्षा क्षेत्रमा ठूलो समस्या निम्तिने बताए । 

उनले भने, ुकम अंक ल्याउने विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने नीति नबनाई विद्यार्थीलाई एसएलसीमा सबै पास हुने भ्रम फैल्याउनु उचित हैन।ु सरकारी सेवा प्रवेशका लागि एसएलसी पासलाई मापदण्ड बनाइएकाले कम अंक ल्याउने विद्यार्थीले सेवा प्रवेश गर्न पाउने वा नपाउने भन्ने पनि अन्यौल रहेको बस्नेतले बताए। मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले सबै पास हुन्छन्, नपढ्दा पनि भयो भन्ने भ्रम नराख्न विद्यार्थीलाई आग्रह गरेका छन्।  

उनले राम्रो अंक ल्याए मात्रै उच्च शिक्षामा विषय रोजेर पढ्न पाउने भएकाले परिक्षाको तयारी राम्ररी गर्न विद्यार्थीलाई सुझाव पनि दिएका छन् । उनको मोरङमा यो बर्षको एसएलसी परीक्षा मर्यादित बनाउने दाबी पनि गरेका छन् । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया