Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

काउन्सिलको परीक्षामा ४ हजार नर्स उतीर्ण

बुधबार, ०३ चैत्र २०७२

काठमाडौँ, ३ चैत्र । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन्। गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ। 

काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला वर्षको तुलना यो पटक धेरै विद्यार्थी उतीर्ण भएको बताइन्।  सन् २०१२ देखि काउन्सिले नर्सिङ पढेका विद्यार्थीलाई काउन्सिलले लिने दर्ता परीक्षा उतीर्ण गरेपछि मात्र सरकारी सेवा गर्न पाउने व्यवस्था गरेको छ। काउन्सिललले हालसम्म २२ हजार ५६२ नर्सको परीक्षा लिइसकेकोमा १९ हजार ६६ विद्यार्थीले परीक्षा उतीर्ण गरेका छन् भने तीन हजार ४९६ अनुतिर्ण भएका छन्।

काउन्सिलमा हाल ३७ हजार ६५२ नर्स, २५ हजार २११ अनमी र ८११ विदेशबाट अध्ययन गरी आएका नर्स दर्ता छन्। नेपालका ११५ क्याम्पसमा प्रविणता प्रमाणपत्र तहस्तरको नर्सिङ र ४० क्याम्पसमा स्नातक तहको नर्सिङको अध्यापन हुँदै आएको छ ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया