Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

क, ख पढ्न चार घन्टाको हिँडाइ

बुधबार, ०३ चैत्र २०७२

काठमाडौँ, ३ चैत । सोलुखुम्बुको बुङ गाविसका छाडाखोर र नाजिङका विद्यार्थीलाई क, ख पढ्नको लागि चार घन्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको छ ।  बुङ–९ खिरौलेमा रहेको खिरौले प्राविमा पढ्न आउने छाडाखोरका विद्यार्थी दैनिक कम्तीमा दुईदेखी चार घन्टाभन्दा बढी हिँड्छन् । 

हिमाली क्षेत्रमा रहेको पातलो बस्ती भएकाले बस्तीका सबैजसो बालबालिका पढ्नका लागि टाढा धाउन बाध्य छन् । बुङ–९ की रामकुमारी कुलुङ भन्नुहुन्छ, “बिहान २ घन्टा हिँड्नुपर्छ बेलुका त घरमा अउँदा रात पर्ने भएकाले बालबालिका टर्च बालेर हिँड्न बाध्य छन् ।  हिउँदयाममा टाढाका बालबालिका घर फर्कन अबेला हुने भएकाले विद्यालय पनि साढे ३ बजे नै बिदा दिइने गरिएको छ । 

बर्खायाममा पनि बाटोमा खोल्साखोल्सी भएकाले बिद्यार्थीलाई समस्या पर्ने गरेको छ । कक्षा ५ सम्म पढाइ हुने खिरौले प्राविको पढाइ सकिएपछि भने डेरामा राखेर सगरमाथा मावि बुङमा पठाउनुपर्छ । टाढा र अभिभावकले कोठा भाडामा राख्न नसक्ने भएकाले धेरै बालबालिकाले प्रावि तहपछिको पढाइ छाड्ने गरेको स्थानीयवासी मौलीधनी कुलुङले बताए ।  

करिब दुई हजार ८०० मिटरको उचाइमा पर्ने छाडाखोर, नाजिङ लगायतका बासिन्दा केही खेतीपाती, पशुपालन र पर्यटकीय याममा होटल पसल गर्छन् भने प्रायः सबै पुरुष पर्यटकीय याममा पर्यटकको भारी बोक्न खुम्बु क्षेत्र जाने गरेका छन् ।  

रासस 

 

प्रतिक्रिया