Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी परीक्षा केन्द्र थपिए

मंगलबार, ०२ चैत्र २०७२

काठमाडौँ, २ चैत्र । अघिल्लो बर्षको तुलनामा यस बर्ष विद्यार्थी संख्या बढेकाले धादिङमा परीक्षा केन्द्र थपिएका छन् ।  शिक्षा कार्यालयका अनुसार यस बर्षको प्रवेशिका परीक्षाका लागी २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा आउदोँ चैत्र १८ गतेबाट शुरु हुदैछ । अघिल्लो बर्ष २१ परीक्षा केन्द्र थिए ।  यस बर्ष सिद्धेश्वर मावि नलाङ, सुनखानी मावि चैनपुर, जनजागृति उमावि थाक्रे, गणेशकुण्ड उमावि टार्खा र त्रिपुरासुन्दुरी उच्चमावि सल्यानकोट केन्द्र थप गरिएको छ।


(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया