Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एमबिबिएस प्रवेश परीक्षामा एकद्धार प्रणाली कायम

विहीबार, २४ भदौ २०७२

काठमाडौं २४ भदौ / मेडिकल शिक्षा (एमबिबिएस ) अध्ययन गर्न चाहने विद्यार्थीलाई खुशीको खवर । पटक पटकको प्रवेश परीक्षा उत्र्तिण गरेर भौतारिनु पर्ने बाध्यताबाट उन्मुक्ती दिलाउने गरी शिक्षा मन्त्रालयले एकद्धार परीक्षा प्रणाली कायम गरी त्यो जिम्मेवारी त्रिभुवन विश्वविद्यालयलाई दिएको छ ।

शिक्षा मन्त्रालयले एमबिबिएस अध्ययन गर्ने बिद्यार्थीका लागि नयाँ निर्णय सहितको सुचना प्रकाशित गरेको छ । प्रकाशित सुचनामा “नेपाल सरकार, शिक्षा मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेज र विदेशबाट प्राप्त हुने स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्तिमा मनोनयन गर्नको लागि छात्रवृत्ति सम्बन्धी (छैठौं संशोधन) नियमावली, २०६० ले ब्यवस्था गरेको छ ।” उल्लेख छ । उक्त नियमावलीले गरेको व्यवस्था अनुसार परीक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयलाई शिक्षा मन्त्रालयको मिति २०७२।०५।२१ को निर्णयानुसार परीक्षा संचालन गरिने सुचनामा उल्लेख छ ।
शिक्षा मन्त्रालयको यो निणर्यलाई डा. गोविन्द केसीको अनशनको उपलब्धी मान्नु पर्ने शिक्षाविद् बताउँछन् । त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक बर्ष २०७२।०७३ का लागि संचालन गर्ने नियमित प्रवेश परीक्षाको तालिका अनुसार नै त्रिबिबाट  सम्बन्धन प्राप्त कलेज तथा विदेशबाट प्राप्त हुने स्नातक तहका छात्रवृत्तिमा शिक्षा मन्त्रालयबाट नियमानुसार मनोनयन गर्नको लागि उक्त परीक्षाको प्राप्ताङ्क समेतका आधारमा योग्यताक्रम कायम गरिने मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयको यो निर्णयले सबै भन्दा फाईदा छात्रबृत्तिमा एमबिबिएस अध्ययन गर्ने लक्ष्य लिएका विद्यार्थीलाई भएको छ । उनीहरुले अव त्रिबिले लिने प्रवेश परीक्षामा अग्र पंक्तिमा नाम निकाले पछि ढुक्क हुने भएको छ । अंग्र पंक्तिको ४६ नम्बर सम्म नाम निकाल्ने विद्यार्थीले ईन्स्टिच्युट अफ मेडिकल साइर्एन्स (आईओम) मा छात्रबृत्तिमा अध्ययनको अवसर पाउने छन् । त्यसैगरी मेरीट लिष्टमा करिब ४ सय क्रमांकसम्म नाम निकाल्ने विद्यार्थीले स्वदेशका बिपी स्वास्थ्य विज्ञान, प्रतिष्ठा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिबि र केयुको सम्वन्धनमा संचालित मेडिकल कलेज सहित विदेशमा छात्रबृत्तिमा अध्ययनको अवसर पाउने भएका छन् । परीक्षामा उत्तीर्णले आफूले चाहेको कलेजमा शसुल्क अध्ययन गर्न पाउने छन् । तर त्यसको अन्तिम निर्णय शिक्षा मन्त्रालयको छात्रबृत्ति शाखाले गर्ने छ ।

यस अघि विद्यार्थीले मन्त्रालयको परिक्षा, त्रिबि अन्र्तगत आईओएम र केयुको परीक्षा छुट्टाछुट्टै दिनु पर्ने बाध्यता थियो । त्यसैगरी पाटन र वीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पनि छुट्टाछुट्टै परीक्षामा सहभागी हुन पर्ने बाध्यता थियो । त्रिबिको परीक्षामा छात्रबृत्तिमा नाम नस्किएका विद्यार्थीले भने केयु अन्र्तगतका कलेजमा अध्ययन गर्न भने यस बर्षका लागि छुट्टै परीक्षा उत्र्तिण गर्नु पर्नेछ । तर आगामी बर्षबाट भने केयुका लागि पनि एउटै परीक्षा संचालन गर्ने तयारी मन्त्रालयले गरेको छ । साथै बिदेशी विद्यार्थीको हकमा केयु अन्र्तगतका मेडिकल कलेजमा यस बर्ष नैं प्रवेश परीक्षा कलेजले नै लिने ब्यवस्था मिलाईएको छ ।

यसअघि बिदेशी विद्यार्थीले कुनै प्रवेश परीक्षा बिना नैं शसुल्क अध्ययन गर्न एकैपटक भर्ना पाउने गरेका थिए । यस बर्षदेखि त्यो ब्यवस्थाको अन्त भएको छ । माथेमा अयोगको प्रतिवेदन पूर्ण कार्यन्वयन भएमा आगमी बर्षदेखि स्वदेशी तथा विदेशी विद्यार्थीले एउटै प्रवेश परीक्षा उत्र्तिण पश्चात मात्र अध्ययनको अवसर पाउने छन् ।

प्रतिक्रिया