Edukhabar
मंगलबार, ०८ असोज २०८१
विदेशमा शिक्षा

विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिन मेला

आइतबार, ३० फागुन २०७२

काठमाडौं - विदेश पढ्न जान चाहने विद्यार्थीलाई परामर्श दिन शैक्षिक मेला शुरु भएको छ । विद्यार्थीलाई गलत जानकारी दिएर दुःख दिएको आरोप खेप्दै आएका कन्सल्टेन्सीहरुले विभिन्न विश्वविद्यालयमा उपलब्ध शिक्षा र त्यसका लागि अपनाउनुपर्ने प्रकृयाका बारेमा मेलामा जानकारी गराएका छन् ।

मेलाको पहिलो दिन शनिवार ३ हजार जनाले अवलोकन गरेको आयोजक इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभस् इनिसियटिभ अफ नेपाल– ‘आइरिन’ ले जानकारी दिएको छ । विदेशी विश्वविद्यालयमा उपलब्ध सेवाबारे विद्यार्थी र अभिभावकलाई परामर्श तथा जानकारी दिईएको मेलाका संयोजक विज्ञान श्रेष्ठले बताए ।

दरबारमार्गस्थित होलट अन्नपूर्णमा शुरु दुई दिने मेलाको आइरिनका पूर्वअध्यक्ष उत्तमप्रसाद पन्तले उद्घघाटन गरे । मेलामा विभिन्न कन्सल्टेन्सी तथा उनीहरुआवद्ध विश्वविद्यालयका गरी  २५ वटा स्टल राखिएको छ ।

प्रकाशित मिति २०७२ फागुन ३० गते

प्रतिक्रिया