Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय बनेपछि विद्यार्थी खुसी

आइतबार, ३० फागुन २०७२

काठमाडौँ, ३० फागुन । गत वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त पूर्वी लमजुङको पाचोक माविको छात्रावास भवन ब्रिटिस वेलफेयरले पुनःनिर्माण गरिदिएको छ ।  भवन पुनःनिर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहजता आएको छ । विद्यालय भवन पूर्णरुपमा क्षति भए पछि पाचोक माविका विद्यार्थी लामो समय पढाइबाट वञ्चित हुँदै आएका थिए ।  

विद्यालयका प्रअ मेघनाथ दवाडी भन्नुहुन्छ – “भूकम्पले विद्यालय क्षतिग्रस्त भएपछि त्रिपालको अस्थायी टहरामा चिसो सहेर पठनपाठन गर्नुपर्ने बाध्यता थियो । तर क्षतिग्रस्त विद्यालय भवनको ब्रिटिस वेलफेयरले पुनःनिर्माण गरिदिएसँगै पठनपाठन सहज भएको छ ।”  

अस्थायी टहरामा पानी छिर्ने र चिसोको समस्या झेल्दै आएका विद्यार्थीले ब्रिटिस वेलफेयरको सहयोगमा पुनः सुविधासम्पन्न विद्यालय पाएका हुन् । यतिबेला एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थी सुविधासम्पन्न छात्रावासमा अध्ययन गरिरहेका छन् ।  

लामो समय पढाइबाट वञ्चित विद्यार्थी विद्यालय भवन निर्माणसँगै निकै हर्षित बनेका छन् । कक्षा १० मा पढ्दै गरेका राम घले भन्छन् – “चिसो भुइँमा त्रिपाल बेरेर पढ्नुपर्ने बाध्यता थियो तर पक्की भवन पाएपछि पढाइमा राम्रो वातावरण बनेको छ । अब त एसएलसीमा पास भइन्छजस्तो लागेको छ ।  

ब्रिटिस वेलफेयरले आठवटा कोठाको भवन रु ९२ लाखको लागतमा पुनःनिर्माण गरिदिएको हो । सुविधासम्पन्न विद्यालय भवन र छात्रावासमा अध्ययन गरे पनि अधिकांश विद्यार्थीको मनमा भने भूकम्पप्रतिको डर कायमै रहेको छ ।  

विसं २०३१ मा स्थापित यो विद्यालयमा २०५६ सालदेखि माध्यमिक तहकोे पढाइ हुँदै आएको छ ।  

रासस 

 

प्रतिक्रिया