Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछुः ओली

शनिबार, २९ फागुन २०७२

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री एवम् काठमाडौ विश्वविद्यालयमा कुलपति केपी शर्मा ओलीले मुलुकका सबै विश्वविद्यालयको प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज गरिनुपर्ने बताएका छन् ।  शुक्रबार काठमाडौं विश्वविद्यालयको २५ औ रजत महोत्सव समारोहलाई सम्बोधन गर्न धुलिखेल आएका  प्रधानमन्त्री ओलीले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने  व्यवस्था हटाउन लागेको बताए हुन् ।  

‘पदले पाउने होइन कामले पाउनुपर्छ, त्यसका लागि मैले यो पदीय परम्परालाई हटाउन लागेको हँ'’, उनले भने, ‘त्यसको सट्टा शिक्षा क्षेत्रमा लामो समय काम गरेको  र  योगदान दिएका मध्येबाट कुलपति छानिनुपर्छ ।’

यसो गर्न सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालयबीच समन्वय हुने संयन्त्र बनाएर प्रधानमत्री नै उपकुलपति हुने व्यवस्था हटाउने उनको भनाइ थियो ।  ‘प्रधानमन्त्री भएकै कारण म धेरै विश्वविद्यालयको कुलपति भएको छु’, उनले भने, ‘तर अब यस्तो चर्तिकला र  तमासाको अन्त्य गर्छु ।’ 

मुलुकका लागि सबै क्षेत्रमा चाहिने जनशक्ति विश्वविद्यालयले तयार गर्नुपर्ने तर्क गर्दै ओलीले धनी र गरिबले लिने दुई शिक्षा प्रणाली हुन नहुने तर्क गर्दै शिक्षा, व्यवहारिक, प्रतिस्पर्धी र जीवन उपयोगितमा आधारित रहेर विश्व विद्यालयहरुले शिक्षा प्रदान गर्नुपर्ने बताए ।  ओलिले मुलुकको  शिक्षा क्षेत्रमा लगानी र प्रतिफलमा धेरै ‘ग्याप’ भएकाले योजना अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । 

‘योजना अनुसार सम्बन्धित विषयमा जनशक्ति उत्पादन गर्नसके शैक्षिक बेरोजगारी हट्छ’, उनले थपे, ‘आर्थिक अवस्था अनुसार शिक्षा होइन, अब समय अनकुल र प्रतिस्पर्धी र एकरुपता भएको शिक्षाको आवश्यकता छ ।’

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया