Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय भवन मर्मतका लागि पाँच करोड 

शनिबार, २९ फागुन २०७२

काठमाडौँ, २९ फागुन । तनहुँमा भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका लागि विद्यालय भौतिक सुधार कार्यक्रमअन्तर्गत मर्मतमा रु पाँच करोड ३८ लाख ५० हजार वितरण गरिएको छ । भूकम्पले सामान्य र अधिक क्षति पु¥याएका भवनको मर्मत, छात्रा शौचालय, खानेपानी व्यवस्थापनलगायतका शीर्षकमा रकम वितरण गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

विद्यालय भौतिक कार्यक्रमअन्तर्गत रकम वितरण गरिएको कार्यालयका सव–इन्जिनियर शम्भु पौडेलले बताए । जिशिका तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले विद्यालय भौतिक सुधार कार्यक्रमको बजेटलाई सदुपयोग गरी उद्देश्यअनुसारको काम गर्न आग्रह गरे ।

भूकम्पले क्षति पु¥याएका विद्यालयको पुनःनिर्माण गर्ने गरी बजेट प्राप्त भएको छ, त्यसको सही सदुपयोग गरी विद्यार्थीको उज्ज्वल भविष्यतर्फ तपार्इंहरु लाग्नुहोस्, जिशिअ श्रेष्ठले भने ।

सहायक जिल्ला शिक्षा अधिकारीहरु बाबुराम देवकोटा, सूर्यप्रसाद क्षेत्री, नगेन्द्र शर्मा पौडेल तथा विद्यालय निरीक्षक प्रेमकुमारी शर्मा, सव–इन्जिनियरद्वय शम्भु पौडेल र सुरेन्द्र अधिकारीलगायतले भूकम्पले क्षति पु¥याई पठनपाठन अवरुद्ध भएका बेला प्राप्त यस बजेटले भौतिक पूर्वाधार निर्माणका साथसाथै शैक्षिक विकासमा टेवा मिल्ने दाबी गरे ।

सो अवसरमा २५० भन्दा बढी प्रावि तहका विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुको पनि सहभागिता रहेको थियो । यसअघि भूकम्पले पूर्णरुपमा क्षति पु¥याएका तनहुँका सामुदायिक विद्यालयको ४, ६ र ८ कोठे भवन निर्माणकार्य भूकम्प प्रतिरोधी प्रविधिबाट भइरहेको बताइएको छ ।

रासस

 

प्रतिक्रिया