Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

यौन दुर्व्यवहारको आरोपमा शिक्षक निष्कासित

शुक्रबार, २८ फागुन २०७२

काठमाडौँ, २८ फागुन । सुनसरीको रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका एक शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ।  शिक्षक विष्णुदेव पौदारमाथि रक्सी खाएर सोही गाविसकी एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।  

पौदारले घरमा कोही नभएको बेला अश्लील शब्द प्रयोग गर्दै ती विद्यार्थीलाई जबर्जस्ती गर्न खोजेपछि हल्ला भएर विद्यालयसम्म कुरा पुगेको हो।  पौदारले फागुन १ गते राति विवाहित ती विद्यार्थीको ससुरालीमा गई यस्तो दुस्साहस गरेको विद्यालय स्रोतको भनाइ रहेको छ ।

घटनाको विषयमा स्थानीयवासी र पीडितसँग बुझेर विद्यालय प्रशासन, स्थानीयवासी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति समेतको बैठकले पौदारलाई विद्यालय निकाल्ने निर्णय गरेको हो ।  

यसअघि शिक्षक पौदार श्रीमावि देवागन्जमा छँदा पनि यस्ते आरोपमा निष्कासनमा परेको बताइएको छ । 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया