Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शैक्षिक सुधारका लागी प्रअहरु सदरमुकाममा

शुक्रबार, २८ फागुन २०७२

काठमाडौँ, २८ फागुन ।  जिल्लाको शैक्षिक अवस्था बुझ्न र सुधारका लागि ठोस योजना बनाउन जाजरकोटका उच्च मावि र माविका प्रधानाअध्यापकहरु विहिवारदेखि सदरमुकाममा भेला भएका छन् ।  

भेलामा प्रधानाध्यापकले आ–आफ्ना विद्यालयमा भएका समस्या भौतिक अवस्था, शैक्षिक अवस्था, छात्रवृत्ति वितरण, खानेपानी, शौचालय आदि विषयमा व्यापक कुरा उठाएका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । 

जिल्लामा आएलगत्तै शैक्षिक सुधारका लागि विभिन्न कार्य गर्दै आउनुभएका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जिल्लाभरिका प्रधानाध्यापकलाई सदरमुकाममा बैठकको आयोजना गरी साझारुपमा समस्या बुझ्ने अवसर जुटाएपछि सबै खुसी भएका छन् । 

प्रअहरुले विद्यालयमा दरबन्दीको अभावका कारण शैक्षिक अवस्था सुधार्न मुस्किल भएको बताएका छन् । विद्यालयमा खानेपानीको समस्याका कारण पढाइ प्रभावित भएको पनि शिक्षकले बताए । 

रासस 

 

प्रतिक्रिया