Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

स्ववियू निर्वाचन चैत अन्तिम साता भित्र गर्ने कांग्रेस सभापतिको भनाई

विहीबार, २७ फागुन २०७२

काठमाडौं - माउ पार्टिमा नयाँ नेतृत्व चयन भएसँगै नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव गर्न ध्यानाकर्षण गराएको छ । नवनिर्वाचित सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालालाई बधाई दिन देउवा निवास बुढानिलकण्ठ पुगेको नेविसंघको टोलीले उक्त ध्यानाकर्षण गराएको हो ।

आफू पनि विद्यार्थी राजनीतिबाटै आएको भन्दै सभापति देउवाले चैत अन्तिम साता सम्म स्ववियू निर्वाचनको वातावरण बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । देउवा नेविसंघका पूर्व सभापति पनि हुन् ।

राजनीतिमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले लामो समय देखि हुन नसकेको नेविसंघको अधिवेशन पनि ६ महिना भित्र गर्ने गरी पार्टिको पहिलो बैठकबाटै निर्णय गराउने प्रतिवद्धता जनाएका छन् । 'चुनावको पुर्ण नतिजा आएपछि बस्ने पार्टीको पहिलो केन्द्रिय समितिको बैठकबाट नेबिसंघ लगायत सबै भातृ संस्थाको अधिवेशन बढीमा ६ महिना भित्र सम्पन्न गराउने गरि निर्णय गर्छु' देउवालाई उदृत गर्दै नेबिसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

हरेक २/२ बर्षमा हुने स्ववियू र नेविसंघको निर्वाचन २०६५ साल यता हुन सकेको छैन ।

प्रकाशित मिति २०७२ फागुन २७ गते

प्रतिक्रिया