Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

त्रिविद्धारा ‘जथाभावी सम्बन्धन’ वितरण

विहीबार, २७ फागुन २०७२

काठमाडौँ, २७ फागुन । त्रिभुवन विश्वविद्यालयले नीजि तथा सामुदायिक क्याम्पसलाई उच्च तहको पढाई सञ्चालनका लागी सम्बन्धन दिदाँ स्पष्ट मापदण्ड बनाउन नसकेका कारण पढाईको स्तर र विश्वसनीयता खस्किएकै त्रिवकै एक अध्ययनले देखाएको छ ।

विश्वविद्यालयका प्रध्यापक डा.प्रह्लराज पन्तको संयोजकत्वमा गठित अध्ययन समितीको प्रतिवेदनमा दुई दशकभन्दा पुरानो सम्बन्धनसम्बन्धि नीति अव्यवहारिक रहेको उल्लेख गर्दै स्पष्ट मापदण्डसहितको नीति बनाउन सुझाव दिइएको हो । 

एक साताअघि त्रिवि उपकूलपति कार्यालयलाई बुझाइएको प्रतिवेदनमा सम्बन्धन प्राप्त कलेजहरुको नियमित अनुगमन, शुल्कको अवस्था, भौतिक संरचना तथा जनशक्ति अवस्थालगायतका विषयमा नियमित अनुगमन गर्न  सकिने व्यवस्था भएपनि कार्यान्वयन शुन्य रहेको उल्लेख छ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया