Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सेमिफाइनलनमा ४ विद्यालयबीच प्रतिष्पर्धा 

बुधबार, २६ फागुन २०७२

काठमाडौँ, २६ फागुन । चितवनमा अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा चितवनसहित चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।  मोरङ र सिन्धुपाल्चोक प्रतियोगितामा नआएपछि तेह्रथुमको अरनिको इङ्लिस बोर्डिङ स्कूल म्याग्लुङ र कञ्चनपुरको माइलस्टोन उच्च मावि जनकीटोल वाक ओभर पाएर सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् । 

यसैगरी पहिलो खेलमा गोर्खाको सरस्वती उच्च माविलाई चार शून्यले हराउँदै रुपन्देहीको स्कोलर्स होम सेमिफाइनलमा प्रवेश गरेको छ ।  दोश्रो खेलमा कास्कीको अमरसिंह उच्च माविलाई ३–१ गोल अन्तरले हराउँदै चितवनको एसओएस हर्मन माइनर स्कुल पनि सेमिफाइनलमा प्रवेश गर्‍यो । 

नेपाल विद्यालय फुटबल संघ चितवन शाखाका अध्यक्ष धनप्रसाद रेग्मीले दिएको जानकारी अनुसार जुनियर प्रहरी तालिम एकेडेमी भरतपुरको खेल मैदानमा दुई दिनसम्म फुटबल प्रतियोगिता चल्नेछ । प्रतियोगितामा कञ्चनपुर, रुपन्देही, कास्की, चितवन, गोर्खा, सिन्धुपाल्चोक, मोरङ, र तेह्रथुम जिल्लाका गरी ८ विद्यालयका टिमहरु सहभागी छन् ।

प्रतियोगिताको नेपाल विद्यालय फुटबल संघका केन्द्रीय महासचिव आरवी कटुवालले उदघाटन गरेका थिए । राष्ट्रिय खेलाडीको जग नै विद्यालय भएको भन्दै विद्यालय फुटबलको विकासका लागि सबै मिलेर नयाँ योजना बनाउनुपर्ने धारणा राखे ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया