Edukhabar
मंगलबार, ०८ असोज २०८१
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक

मंगलबार, २५ फागुन २०७२

काठमाडौं - वृटिस काउन्सिलले विदेश जाने विद्यार्थीका लागि आवश्यक आईईएलटीएस परीक्षाको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमा अप्रील देखि जुन महिना सम्मको क्यालेण्डर सार्वजनिक गर्दै काउन्सिलले आईईएलटीएस परीक्षाको माग अनुसार साप्ताहिक रुपमा मिति सार्वजनिक हुने जनाएको छ ।

बुधबार देखिनै उक्त क्यालेण्डर लागू हुने काउन्सिलले जनाएको छ । जस अनुसार सन् २०१६ को अप्रील देखि डिसेम्बर सम्म तय हुने उसले जनाएको छ । यो वर्ष काठमाडौं सहित विराटनगर, पोखरा, चितवन र भैरहवामा समेत परीक्षा हुने काउन्सिलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मार्च अप्रिल र मे गरी तीन महिनाको आवेदन खुल्ने मिति परीक्षा हुने दिन र शुल्क बुझाउने दिन सहितको क्यालेण्डर सार्वजनिक गर्दै काउन्सिलले बाँकी महिनाको मिति पछि सार्वजनिक गर्ने र पछि नियमित रुपमा मिति तय हुने जनाएको छ ।

काउन्सिलद्धारा सार्वजनिक क्यालेण्डर अनुसार बुधबार खुल्ने आवेदनका लागि अप्रिल २ मा परीक्षा हुने छ  भने मार्च १६ को २ बजे भित्र शुल्क बुझाउनु पर्ने उल्लेख छ । यसैगरी मार्च १४ मा खुल्ने आवेदनको परीक्षा अप्रिल १६ र शुल्क बुझाउने म्याद २१ मार्चको २ बजे भित्र, मार्च २१ मा खुल्ने आवेदनका लागि अप्रिल २१ र शुल्क बुझाउने म्याद ३१ मार्चको २ बजे भित्र, मार्च २९ मा खुल्ने आवेदनको परीक्षा अप्रिल ३० र शुल्क बुझाउने म्याद ४ अप्रीलको २ बजे भित्र तय भएको काउन्सिलले जनाएको छ ।

यसैगरी अप्रिल १ मा खुल्ने आवेदनको परीक्षा मे ७ र शुल्क बुझाउने म्याद ६ अप्रिलको २ बजे भित्र, अप्रिल ११ मा खुल्ने आवेदनको परीक्षा मे २१ र शुल्क बुझाउने म्याद १८ अप्रिलको २ बजे भित्र, अप्रिल १८ मा खुल्ने आवेदनको परीक्षा मे २८ र शुल्क बुझाउने म्याद २५ अप्रिलको २ बजे भित्र तय भएको छ ।

यस्तै २ मे मा खुल्ने आवेदनको परीक्षा जुन ४ र शुल्क बुझाउने म्याद ९ मेको २ बजे भित्र, ९ मे मा खुल्ने आवेदनको परीक्षा जुन १८ र शुल्क बुझाउने म्याद १६ मेको २ बजे भित्र र १६ मे मा खुल्ने आवेदनको परीक्षा जुन २५ र शुल्क बुझाउने म्याद २३ मेको २ बजे भित्र तय भएको काउन्सिलको वित्रप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७२ फागुन २५ गते

प्रतिक्रिया