Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

स्कुल बसको ठक्करले चालकको मृत्यु

मंगलबार, २५ फागुन २०७२

काठमाडौँ, २५  फागुन । भक्तपुरको थिमि निकोसेरामा स्कुल बसले ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। 

मध्यपुर थिमि नगरपालिका–३, निकोसेरामा बा १ क ६६३० नम्बरको सुप्रिम एकेडेमीको स्कुलबसले बा ६४ प ९६५९ नम्बरको मोटरसाइललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय परिलिन ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रुकुम जिल्ला खलंगा घर भई हाल भक्तपुरको दुवाकोट बस्ने ओलीलाई उपचारका लागि भक्तपुर अस्पतालमा उपचार गर्दैगर्दा बिहान १० बजे निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जनाए ।  

घटनापछि बस चालक ४६ वर्षीय सुनकृष्ण प्रजापति तथा दुवै सवारीसाधन महानगरीय प्रहरी वृत्त थिमिमा राखिएको प्रहरीले जनाएको छ । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया