Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

नेल्टाको २१ औँ अन्तराष्ट्रिय सम्मेलन शुरु 

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट राजधानीमा शुरु भएको छ । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स कलेजमा भइरहेको सम्मेलन बुधबारसम्म चल्नेछ  । 

सम्मेलनमा अमेरिका, बेलायत, चीन, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, टर्की, भियतनाम, कुवेत, फिलिपिन्स, जापान, साउदी अरेबिया, मेक्सिको, डेनमार्क तथा नेपाल गरी २० भन्दा बढी मुलुकका स्वदेशी एवम् विदेशी अङ्ग्रेजी भाषा शिक्षकहरु सहभागी छन् । 

सम्मेलनमा हङ्गेरीका पूर्वशिक्षामन्त्री तथा प्राध्यापक पिटर मजाइज, अङ्ग्रेजी एवम् विदेशी भाषा विश्वविद्यालय हैदरावाद, भारतका उपकुलपति प्रा. सुनैना सिंह, बारी विश्वविद्यालय अमेरिकाका सहप्राध्यापक रुथ बानलगायतले प्रमुख प्रस्तोताको हैसियतले कार्यपत्र प्रस्तुत गर्ने नेल्टाकी अध्यक्ष मीरा श्रेष्ठले जानकारी दिइन् । 

सम्मेलनमा विद्यालयदेखि विश्वविद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षकहरुबीच  सहज अध्ययन र अध्यापनका बारेमा छलफल हुने नेल्टाकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । 

 

प्रतिक्रिया