Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

बालमैत्री छैनन् विद्यालय !

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । ताप्लेजुङमा रहेका तीन सय ३६ विद्यालयमध्ये कुनै पनि विद्यालय बालमैत्री नभएको पाइएको छ ।  सबै विद्यालयलाई बालमैत्री विद्यालय बनाइने भनिए पनि प्रक्रिया पूरा गर्न नसक्दा बालमैत्री बनाउन नसकिएको सहायक जिशिअ नीममणि खनालले बताए । देशका सबै विद्यालय बालमैत्री बनाउन भनी शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ । जिल्लामा बालमैत्री विद्यालय नहुँदा पठनपाठन गर्न समस्या भएको शिक्षकहरू बताउँछन् । 

जिविस ताप्लेजुङले बालमैत्री वातावरण निर्माणका लागि नीतिगत व्यवस्थको पहल हुँदै गरेको जनाएको छ । बालबालिकालाई पढ्ने वातावरण बनाउन जस्तोसुकै अवस्थामा पनि पहल गरिने जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय अधिकारी केशव भट्टराईले बताए । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया