Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

परीक्षा दिन आएका नक्कली डाक्टर पक्राउ

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । थप एक नक्कली प्रमाणपत्र धारी डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।  अपरेशन क्वाएक अन्तर्गत पटक पटक सम्म मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तिर्ण भएका उनलाई यस पटक परीक्षा दिन आउँदा प्रहरीले पक्राउ गरेको थियो। 

उनले काउन्सिलमा विहार इन्टरमिडिएट एजुकेशन वोर्डबाट आइएस्सी उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले बताएको छ। यस्तै उनले चिनबाट एमविविएस उत्तिर्ण गरेको प्रमाणपत्र पेश गरेका छन्।  गुप्तालाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ बमोजिको आवश्यक अनुसन्धान प्रक्रिया शुरू गरिएको छ। प्रहरीले यस अघि १४ जना नक्कली प्रमाणपत्र धारी डाक्टरहरुलाई पक्राउ गरीसकेको छ।

यस अगाडी प्रहरीले नक्कली डाक्टरको आरोपमा पक्राउ गरेका १२ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडेको छ। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया