Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

बर्दिया जिल्ला पनि साक्षर घोषित

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । बर्दिया जिल्लालाई आइतबार साक्षर घोषणा गरिएको छ ।  नब्बे प्रतिशत साक्षर भएपछि जिल्लालाई साक्षर घोषणा गरिन्छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सो घोषणा गर्दै शिक्षा निमावली र शिक्षा ऐन संशोधन गरिने बताउँदै कृषि, प्राविधिक र स्वास्थ्य शिक्षामा सुधार गरिने जानकारी दिए । 

मन्त्री पोखरेलले नेपालको नयाँ शिक्षा नीति बनाई शिक्षा आयोग गठन गरिने बताउँदै शिक्षकलाई क्षमताको आधारले बढुवा गर्ने नीति भएको स्पष्ट गरे । बर्दियामा अहिले ९३ प्रतिशत साक्षर भएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया