Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

स्कुल बसले ठक्कर दिँदा मृत्यु

आइतबार, २३ फागुन २०७२

काठमाडौँ, २३ फागुन । काठमाडौँको बालाजु चोकमा भएको दुर्घटनामा झापाका अग्नि ढुङ्गेलको मृत्यु भएको छ। 

नयाँ बजारस्थित अक्सफोर्ड उमाविको बा२क ४८० नं को बसले बा६१प ७३२७ नं को मोटरसाइकललाई बालाजु चोक अगाडि शुक्रबार साँझ करिब ६ बजे ठक्कर दिँदा ५० वर्षीय चालक ढुङ्गेल गम्भीर घाइते भई उपचारका क्रममा जनमैत्री अस्पतालमा राति नै मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।  

प्रहरीले ठक्कर दिने बस र त्यसका चालक धादिङका ३७ वर्षीय दीपक ठकुरीलाई नियन्त्रणमा लिई बालाजु प्रहरी वृत्तमा राखेको छ। 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया