Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पर्यटकद्धारा विद्यालयको भवन पुनःनिर्माण 

शनिबार, २२ फागुन २०७२

काठमाडौँ, २२ फागुन । भूकम्पबाट क्षति पुगेका दुई सामुदायिक विद्यालयको भवन मर्मतका लागि पर्यटकले आर्थिक सहयोग गरेका छन् ।   मालिका निमावि, पाखापानी ठाडाखानीका कक्षाकोठा भवन र ज्ञानप्रकाश उमावि दानाको छात्रावास भवन पुनःनिर्माणका लागि अमेरिकी पर्यटकले करिब रु तीन लाख सहयोग गरको समन्वयकर्ता घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले जानकारी दिए । 

पुनको समन्वयमा अमेरिकाको ग्लोबल न्युटेसन इमपावर अर्गनाइजेसन संस्थाका अध्यक्ष मेरी लोङ, उपाध्यक्ष मेक्की झेवा र सदस्य सी साइसहितको टोलीले शुक्रबार सम्बन्धित विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरेको हो । 

मालिका निमाविमा भूकम्पले कक्षाकोठा भवन भत्काएपछि पठनपाठन प्रभावित बनेको छ भने ज्ञानप्रकाश उमाविमा छात्रावासको समस्या छ । उनीहरुले घार वडा नं ३ र ४ मा पर्ने खिवाङमा आमा समूहको भवन निर्माणका लागि रु ५० हजार पनि सहयोग गरेको बताइएको छ । 

रासस 

 

प्रतिक्रिया