Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अक्सफोर्डका विद्यार्थीको समस्या समाधान

शनिबार, २२ फागुन २०७२

काठमाडौँ, २२ फागुन । कलेजको लापर्बाहीका कारण नवलपरासीको अक्सफोर्ड कलेजमा स्नातक तह बिई इन्जिनियरिङतर्फ अध्ययरत ३७ जना विद्यार्थीले रजिस्ट्रेसन नपाउने भनिएको समस्या समाधान गर्ने सहमति भएको छ ।  समस्या समाधान गर्न अभिभावक, विद्यार्थी र कलेज प्रशासनले वार्ता गरी तत्काल समस्या समाधानका लागि अरु नै कलेजमा पढ्ने व्यवस्था मिलाउने सहमति भएको कलेज स्रोतले जनाएको छ ।

पोखरा विश्वविद्यालयसँग सम्बन्धन स्वीकृति नलिई कलेजले बिई कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी भर्ना गरेपछि विश्वविद्यालयले ती विद्यार्थीको रजिस्टे«सन नलिने जनाएपछि समस्या सिर्जना भएको थियो ।

सहमतिपछि बिई कम्प्युटर इन्जिनियरिङ पढ्न चाहने ३७ विद्यार्थीले कलेजको सम्पूर्ण खर्चमा काठमाडौँको नेपाल इन्जिनियरिङमा पढ्न पाउनेछन् । विद्यार्थीको इच्छाअनुसार अन्य कलेजमा पढ्न पाउने र पढ्न चाहने विद्यार्थीलाई सम्पूर्ण खर्च दिने कलेज स्रोतले जनाएको छ ।

पोखरा विश्वविद्यालयसँग सम्बन्धन नलिई सो कलेजले बिई अध्यापन गराउन विद्यार्थी भर्ना गरेपछि विश्वविद्यालयले ती ३७ विद्यार्थीको रजिस्ट्रेसन नलिने जनाएपछि समस्या समाधान गर्न यस्तो सहमति गरिएको हो । 

रासस

 

प्रतिक्रिया