Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

गाउँलेले प्रअको पुत्ला जलाए

विहीबार, २८ फागुन २०७१

- मायामितु न्यौपाने / पर्सा २८ फागुन / द्धारदेवी माध्यामिक विद्यालय अलौका शिक्षकहरुबिचको विवादका कारण चार दिन देखि पठन पाठन ठप्प भएको छ । प्रधानाध्यापक धर्मदेव प्रसाद यादवका आफन्त पर्ने शिक्षक सन्देश यादवले अर्का शिक्षक भरत सहनी माथी छात्रालाई जवरजस्ति गर्न खोजेको आरोप लगाएपछि विवाद भएको हो ।

विवाद पछि विगत एक हप्ता देखि विद्यालयको पढाई प्रभावित हुदै आएको छ । विद्यालय जस्तो पवित्र स्थललाई व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्न थालेको भन्दै अभिभावक शिक्षक र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानाध्यापक यादवको पुत्ला सहित ¥याली निकालेर गाउँ घुमेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रअ यादव सहित यादवका नातेदार शिक्षकहरु नचाहिने भन्दै नाराबाजि गरेका छन् ।

उक्त विद्यालयमा प्रअ यादवका परिवारका चार जना सदस्यहरु शिक्षक छन् । प्रअ यादवका साथै प्रअका छोरा हरिनन्दन यादव, प्रअका भतिजाद्वय देवेन्द्र यादव, चन्दन यादव, अग्रेजीका शिक्षक मनोज श्रीवास्तव, विज्ञानका शिक्षक देवीलाल साहको तत्काल सरुवाको माग समेत उनीहरुले गरेका छन् ।

विद्यालयमा पठन पाठन गर्नुको साटो मनलाग्दि गरेको भन्दै आइतबारदेखि मुल गेटमा तालाबन्दी गरेको अभिभावक रमेश साहले बताए । कक्षा ५ मा अध्ययनरत छात्रालाई जबरजस्ती गर्न खोजेको भन्दै यादवले सामाजिक सञ्जाल मार्फत आरोप लगाएका थिए ।

यसले आफ्नो चरित्र हत्या गरेको भन्दै शिक्षक सहनीले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवदेन समेत दर्ता गराएका छन् । जिल्ला प्रहरीले सन्देश यादवलाई पत्र समेत काटिसकेको जनाएको छ ।

यसैविच विद्यालयमा भएको प्रदर्शन र विरोधलाई समाधान गर्न निमित्त जिल्ला शिक्षा अधिकारी आशा गौतमको रोहवरमा भएको छलफल पनि विना निष्कर्ष टुगिंएको छ ।

प्रतिक्रिया