Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

३२ विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन्

शनिबार, २२ फागुन २०७२

काठमाडौँ, २२ फागुन ।  काभ्रे जिल्लाका तीन दर्जनभन्दा बढी सरकारी विद्यालयमा दरबन्दीअनुसार विद्यार्थी संख्या नभएको पाइएको छ ।  ३२ विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार शून्य विद्यार्थी भएका विद्यालयमा पनि साविककै शिक्षक दरबन्दी कायम छ । 

शिक्षा कार्यालयले दुई वर्षअघि नै विद्यार्थी नभएका विद्यालयबाट विद्यार्थी भएका विद्यालयमा शिक्षकहरुको दरबन्दी मिलान गर्न सुरु गरेको जनाएको थियो । तर, तथ्यांकले दरबन्दी मिलान योजनामा सीमित भएको देखाएको छ ।  शून्य विद्यार्थी रहेका विद्यालयमा नवप्रभात प्रावि, देवीस्थान निमावि देवीस्थान, बालविकास मावि फलामेटार, धार्ने ज्योति प्रावि धार्ने, ज्ञानकुञ्ज प्रावि, महादेवस्थान निमाविलगायत छन् । 

दुईदेखि २० जना विद्यार्थी संख्या भएका प्रावि ३२ वटै छन् । २० भन्दा कम विद्यार्थी भएको निमावि ४० वटा छन् । त्यस्तै ४० भन्दा कम विद्यार्थी भएका मावि पाँचवटा छन् ।  विद्यालयहरुमा शून्य विद्यार्थी भए पनि शिक्षा कार्यालयमा पेस गरेको तथ्यांकमा भने विद्यार्थी संख्या ५० को हाराहारीमा रहने गरेका स्रोतको भनाई छ ।
(नयाँ पत्रिका दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया