Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

मेडिकल कलेज सम्बन्धनमा मुछिएका १७ लाई सफाई

बुधबार, १९ फागुन २०७२

काठमाडौँ, २० फागुन । विशेष अदालतले देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका १७ जनालाई बुधबार सफाई दिएको छ । 

सफाई पाउनेमा ज्योती बानियाँ, शिवजी पौडेल, काठमाडौं विश्वविद्यालयका प्रबन्धक प्रधुम्न श्रेष्ठ, पन्ना थापा, जगदीश चटौत, रमेशप्रसाद सिंह, मनोहर प्रधान, अनिल कुमार झा, रोशन पिया, निरज पन्त, कुलदिप गोइत, अंकुर साह, अनवर एलाही अन्सारी, सतिस कुमार देव, देवदह मेडिकल कलेजका अध्यक्ष निलकण्ड काफ्ले र संचालक रजनिस जिन्दल तथा हेमलाल ज्ञवाली छन् । 

न्यायाधीशहरु भुपेन्द्र राई, पवनकुमार शर्मा र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले ‘झुटा प्रतिवेदन दिएको नदेखिँदा अभियोग दावी पुग्न नसक्ने’ भन्दै उनीहरुलाई सफाइ दिएको अदालतका प्रवक्ता जगन्नाथ पौडेलले बताए । देवदह मेडिकल कलेज सम्बन्धनका क्रममा प्रतिवादीहरुले गलत प्रतिवेदन दिएको अख्तियारको दावी थियो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया