Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षकविरुद्ध बलात्कारको मुद्दा !

बुधबार, १९ फागुन २०७२

काठमाडौँ, २० फागुन । आफ्नै विद्यालय पढ्ने एक छात्रालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरले बुधबार एक शिक्षकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।  इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार शान्तिनगर गाविस–९ जुम्लेकुला निवासी शिक्षक कृष्ण केसीविरुद्ध मुद्दा चलाइएको हो । 

पीडितले दिएको उजुरीको आधारमा केसीमाथि कानुनी कारवाही चलाइएको हो । गत फागुन ६ गते केसीमाथि कक्षा ९ मा अध्ययनरत एक छात्रालाई काम छ भनी बोलाएर खेतमा लगी जबर्जस्ती गरेको आरोप छ । 

गोप्यरुपमा मिलापत्र गर्ने प्रयास विफल भएपछि यो घटना प्रहरीसम्म पुगेको हो । 

रासस 

 

प्रतिक्रिया