Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षक विरुद्ध मुद्धा

शुक्रबार, २९ फागुन २०७१

काठमाडौं २९ फागुन / सप्तरीको श्री जनता माध्यामिक विद्यालय कटैया फत्तेपुरमा कार्यरत निमावि शिक्षक किरण कुमारी देवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा उनको प्रमाणपत्र नक्कली रहेको पत्ता लागेको हो ।

सुरु नियुक्तिका क्रममा उनले पेश गरेको विहार ईन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारतको प्रमाणपत्र नक्कली भएको दावि सहित अख्तियारले विशेष अदालतमा मुद्धा हालेको छ । देवले सन् १९८६ सालमा ईन्टरमिडियट उत्तिर्ण गरेको प्रमाणपत्र पेश गरी कार्यरत रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया