Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनसन बस्ने नबस्नेबारे डा. केसीले निर्णय लिदै 

मंगलबार, १८ फागुन २०७२

काठमाडौँ, १८ फागुन । प्रा. डा. गोविन्द केसीले तीन साताअघि सरकारलाई दिएको आमरण अनसनको चेतावनीबारे मंगलवार निर्णय गर्दैछन्  ।  चिकित्सा शिक्षा र सेवा गुणस्तरीय, सर्वसुलभ र सवैको पहुँचमा पार्न आन्दोलनरत डा.केसीले सरकारलाई आफ्नो माग पुरा नभए सोमबारदेखि आमरण अनसन गर्ने चेतावनी दिएका थिए । उनको यो चौथो अल्टिमेटम हो ।

मनमोहन प्रतिष्ठानसम्बन्धी विवादास्पद विधेयक फिर्ता लिनेलगायत चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने, विश्वविद्यालयहरुमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा अन्त गर्न पदाधिकारी नियुक्तिको नया व्यवस्था ऐन मार्फत गर्ने जस्ता सबै मागहरु पुरा गर्न उनले पछिल्लो पटक तीन साताको समय सरकारलाई दिएका थिए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया